द सिनेमा टाइम्स, काठमाडौँ – निर्देशक मिलन चाम्सले निर्माता/वितरक गोविन्द शाहीसँग कुनै पनि दुस्मनी नरहेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘बोबी’को गीत सार्वजनिक प्रेसमिटमा यी दुई सिनेकर्मीले मिडियाको अगाडी हात मिलाउदै अँगालो मारे । जतिबेला प्रेसमिट तालिले गुन्जयमान भएको थियो ।
‘लिलिबिली’ रिलिज पश्चात यी दुईको पानी बारबारको अवस्था रहेको समाचारले केहि दिन मिडिया तात्यो । तर, मंगलबार ‘बोबी’को प्रेसमिटमा अर्कै दृश्य देखियो । मिलन चाम्सले निर्देशन गरेको ‘बोबी’ प्रेसमिटमा शाहीको इन्ट्री हुनेबारे सायदै कसैले सोचेका थिए होलान् । प्रेसमिट चलिरहँदा जब शाहीले इन्ट्री गरे तब सबैले ‘गोविन्द शाही’ भन्दै हुटिङ गरे । जुन दृश्य चाम्सले हेरिरहेका थिए ।
कार्यक्रम अगाडी बढ्दै गर्दा संचारकर्मी नरेश भट्टराईले ‘बोबी’ वितरकको रुपमा शाहीको नाम लिए । शाही जुरुक्क उठेर हात हल्लाई बस्दै थिए । मिडियाको भिडले स्टेजमा जान आग्रह गर्यो । शाही स्टेजमा गएर छेवैमा उभिन खोजे । तर मिडियाले पुन: आग्रह गर्यो, बीचमा उभिएका चाम्ससँगै उभिनलाई । शाही चाम्सको नजिक के पुगेका थिए मिडियाले हात मिलाउन आग्रह गर्यो । शाहीले हात मिलाउदै चाम्ससँग अँगालो मारे । जतिबेला प्रेसमिट तालिले गुन्जयमान भएको थियो ।
केहि बेर पछि… सिनेमाको गीत हेर्दै गर्दा शाही कार्यक्रमबाट बाहिरिए ।
अन्तमा: प्रेसलाई जिज्ञासा, प्रश्नको लागि फ्लोर खुला गरियो । चाम्सलाई शाहीसँगको सम्बन्धको बारेमा जब प्रश्न गरियो । उनले यस्तो भने ‘हाम्रो कहिले दुस्मनी रहेन । कहिले काहिँ घरमा गडबड हुन् सक्छ । त्यसलाई ठुलो रुपमा नलियौ । ‘बोबी’ मात्र होइन मेरो आगामी प्रोजेक्टलाई गोविन्दले नै वितरण गर्नु हुनेछ ।’
रियल जोडी उमेश थापा र कविता गुरुङको रियल कथामाथि आधारित ‘बोबी’ असार २९ मा रिलिज हुँदैछ ।


प्रतिक्रिया