हाइपले सन्तुष्ट ‘भैरे’ टिम (फोटोफिचर)

हाइपले सन्तुष्ट ‘भैरे’ टिम (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मल्टीस्टारर सिनेमा ‘भैरे’ रिलिज मिति नजिकिदै गर्दा चर्चामा छ । सिनेमामा समावेश गीतहरुलाई दर्शकले रुचाइरहेका बेला सार्वजनिक ट्रेलरले पनि चर्चा कमाएको छ ।

प्रदर्शनपुर्व पाएको हाइपले निर्माण टिम यतिबेला सन्तुष्ट छ । र प्रचारमा लागिपरेको छ । शिर्ष भूमिकामा रहेका दयाहाङ राईले प्रचारमा समय दिन नसकेता पनि अन्य कलाकार भने प्रचारमा लागि नै परेका छन् ।

बायाँतर्फबाट अभिनेता विक्रान्त बस्नेत, सहनिर्माता करुणाकर घिमिरे, निर्देशक एभरेस्ट सुर्य बोहरा, कार्यकारी निर्माता लेखबहादुर पुन (डेनिम), निर्माता देवीमाया अधिकारी र सहनिर्माता सविता गुरुङ

साउन ४ गते रिलिज हुने सिनेमालाई एभरेस्ट सुर्य बोहराले निर्देशन गरेका हुन् । यसमा दयाका अलावा सुरक्षा पन्त, बुद्दी तामाङ, बर्षा सिवाकोटी, विक्रान्त बस्नेत, अर्जुन गुरुङ, जयनन्द लामा, सुनिल थापा, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ ।

नेपालय सिनेमा इन्टरनेशनलको व्यानरमा प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारीले ‘भैरे’ निर्माण गरेका हुन् । लेख बहादुर पुन कार्यकारी निर्माता रहेको सिनेमामा सहनिर्माता स्वरूप करुणाकर घिमिरे, सविता गुरुङ, कुमार बस्नेत र यम बराल रहेका छन् । यी सबै अहिले प्रचारमा सक्रिय छन् ।

द सिनेमा टाइम्सले ‘भैरे’ टिमका केहि रमाईला तस्विरहरु कैद गरेको छ ।