‘बोबी’ प्रेरणादायक सिनेमा,प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

‘बोबी’ प्रेरणादायक सिनेमा,प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आगामी शुक्रबार अलनेपाल रिलजि हुने सिनेमा ‘बोबी’को बुधबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी भव्य रेडकार्पेट प्रिमियर गरिएको छ । निर्देशक मिलन चाम्सले व्याण्डबाजा सहित सिनेमाका मुख्य कलाकारलाई प्रिमियर शोमा स्वागत गरेका थिए । रियल स्टोरीका रियल पात्र उमेश थापा, कविता गुरुङ र उनका छोरा एलियास थापाको अभिनय सिनेमामा रहेको छ । कविता र उमेशको लभस्टोरी, संघर्ष र सफलताको कथा सिनेमामा रहेको छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई सिनेमाको व्यानरमा निर्माण भएको सिनेमालाई मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् । सिनेमामा उमेश कविताका अलवा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमाका कलाकारहरु विजय लामा, रुबी राणा शाह, देशभक्त खनालसहित गायक राजेशपायल राई, अभिनेता रमेश उप्रेती, भद्रगोलु का सागर लम्साल, हरिश निरौला, रक्षा श्रेष्ठलगायत सयौं चलचित्रकर्मीहरुको प्रिमियरमा बाक्लो उपस्थिति थियो ।  सिनेमा हेर्दैगर्दा उमेश र कविताको ह्याप्पी एण्ड स्याड लभस्टोरी हेरेर निस्कँदै गर्दा अधिकांश पाहुनाको आँखामा टिलपिल आँशु देखिन्थ्यो । सबैले मिडिया समक्ष ‘बोबी’ प्रेरणादायक सिनेमा बनेको बताए ।

रियल एण्ड रिलु की बोबी उर्फ कविता आफ्नो कथा हेर्न नसकेर सिनेमा नै नहेरी घर फर्किएकी थिइन् । उनका श्रीमान र छोरासहित परिवारले भने चलचित्रकर्मी र सञ्चारकर्मीसँग बसेर पूरा फिल्म हेरेका थिए । सिनेमा सकिएपछि हल तालीले गुञ्जयमान भएको थियो । परिवार र छोरासँग एकै पंक्तिको सिटमा बसेका उमेश आफ्नो कथा पर्दामा हेर्दा भावुक बनेका थिए ।

हलबाट बाहिरिँदै गर्दा उमेशले मिडियासँग छोटो कुराकानी गर्दै आफू फ्ल्यास ब्याकमा पुगे । उनी भन्छन्, मेरा बुबा आमालाई देखेर रोएँ । मेरी श्रीमती डल्लुले पाएको दुःख देखेर रोएँ । यो सवै फेरी एक पटक देख्न पाएर मैले आफूलाई सम्हाल्न सकेको थिइनँ ।

असार २९ गते रिलीज हुने सिनेमाको स्कृप्ट संचारकर्मी नरेश भट्टराईले तयार पारेका हुन् । नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन, बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत सिनेमामा रहेको छ ।