पण्डित बाजेको लौरी कन्ट्रोभर्सियल छ, तर विवादास्पद छैन् !

पण्डित बाजेको लौरी कन्ट्रोभर्सियल छ, तर विवादास्पद छैन् !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ – आगामी शुक्रबार रिलिज हुने सिनेमा ‘पण्डित बाजेको लौरी’ टिमले सोमबार काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम राखेको थियो । जहाँ सिनेमाका मुख्य कलाकार तथा निर्माता निर्देशकको उपस्थीती रहेको थियो । ‘पण्डित बाजेको लौरी’ले बाहुनबादका विरुद्ध खरो उत्रिएको उपस्थीत कलाकार तथा निर्माता तथा निर्देशकको भनाइ रहेको थियो । आफुहरुले विवादित विषयमा सिनेमा बनाउँदा पनि आजसम्म कतैबाट विवादमा नआउनु अचम्म भएको निर्माण टिमको बुझाई रहेको छ ।

निर्देशक दिपक ओलीका अनुसार आफुले सिनेमामा बादी समुदाय र ब्राम्हण समुदायको भुमिकालाई चित्रण गर्ने कोशिस गरेको बताए । आफ्नो सिनेमा सरस्वती प्रतिक्षा लिखित नथियाबाठ प्रभावित नभएको बताए । उहाँको उपन्यास प्रकाशित भएको समयमा र हाम्रो सिनेमाको छायांकन चलिरहेको थियो । आफ्नो सिनेमा पुस्तक भन्दा पहिले बनेको भएकोले यस्ता आरोपको कुनै तुक छैन् ।

सिनेमाका एक मुख्य पात्र प्रमोद अग्रहरीले आफुले केहि समय पहिले काठमाडौँमा भेडेका बादी समुदायका केहि बच्चाको जीवन स्तर देखेर यो सिनेमा गर्न उत्साह जागेको बताए । मैले भेटेका बच्चाहरुले पढ्न पाएका थिएनन्, साथै उनिहरुको बाँच्ने जीवनमा पनि एकदमै कठिनाई थियो ।

सिनेमाकी मुख्य अभिनेत्री सन्ध्या केसीले को सिनमा गर्ने भएपछि बादी वस्तीमा पुगेर त्यहाँका महिलाले बाच्ने जीवन र गर्ने कामको अध्ययन गरेर मात्रै काम गरेको बताइन । आफुले निभाएको वदिनीको भुमिका बोल्ड नभएको र सिनेमाकी अर्की अभिनेत्री मरिष्का पोखरेलको भुमिका समानान्तर भएकोले आफुहरु एकअर्कालाई थ्रेट नभएको बताइन ।

दिपक ओलीले निर्देशन गरेको सिनेमालाई अधृत फिल्म्स प्रालीको व्यानरमा थमन कुमार भण्डारी राज र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन । सिनेमामा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोखरेल, सन्धया केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

‘पण्डित बाजेको लौरी’ मा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर गिरीको छायांकन, मित्र डि। गुरुङको सम्पादन, विक्रम स्वाँररदीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्लरअमित श्रेष्ठको संगीत छ ।