anmol jasita

सकियो ‘मेरी मामु’को छायांकन

सकियो ‘मेरी मामु’को छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – निर्माता सन्तोष सेनले निर्माण गरेको चौंथो सिनेमा ‘मेरी मामु’को छायांकन सकिएको छ ।’मेरी मामु’ बालमनोविज्ञानमा आधारित रहेर निर्माण गरिएको छ । यम थापाले निर्देशन गरेको सिनेमाको पटकथा तथा संवाद स्वंयम थापाले तयार पारेका हुन् ।

सिनेमामा शाहरुक ताम्रकार, अश्लेषा ठकुरी, कुशुम गुरुङ, भूवन चन्द, दुर्गा मल्ल बालकलाकार आयुब सेन, कृजन गौतम र शुभम बिष्टको अभिनय रहने छ । ‘मेरी मामु’बाट निर्माता सेनका छोरा आयुब सेन, कुशुम गुरुङले डेव्यु गर्दै छन् ।

भाद्र १५ गतेबाट अलनेपाल रिलिज हुने सिनेमालाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।