फ्राईडे रिलिज : तीन सिनेमा हलमा

फ्राईडे रिलिज : तीन सिनेमा हलमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आज शुक्रबारबाट तीन नेपाली सिनेमाले आफ्नो प्रर्दशनको सुरुवात गरेका छन् । तीन आटै सिनेमामा फरक फरक जनरामा निर्माण भएका हुन । नयाँ बर्ष यता नेपाली सिनेमाले हलमा सुखद व्यापार गर्न सकेका छैनन् । यस्तोमा आज देखि ‘रोमियो एण्ड मुना’, ‘चिँ मुसी चिँ’ र ‘सुकुलगुण्डा’ले बक्सअफिस भिडन्त प्रारम्भ गरेका हुन् ।

दिनेश श्रेष्ठ निर्देशित ‘चिँ मुसी चिँ’ म्यूजिकल थ्रिलर जनराको सिनेमा हो भने नरेश कुमार केसीको ‘रोमियो एण्ड मुना’ ले लभस्टोरी कथा वाचन गर्छ । ‘चिँ मुसी चिँ’ मा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय छ । यस सिनेमाको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् ।

यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् । अनिल पाण्डे र प्रिन्स युवराज कार्की सिनेमाका प्रस्तुतकर्ता हुन् । सिनेमामा सुरज अधिकारीको संगीत रहेको छ । बासु न्यौपानेले खिचेको सिनेमाको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।
यता ‘रोमियो एण्ड मुना’ मा अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठको प्रमुख भूमिका छ । यो सिनेमामा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ ।  शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’ लाई प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् ।