द सिनेमा टाइम्स काठमाडौं – फ्रार्राडे रिलिज अन्तर्गत यो शुक्रबार दुई सिनेमा एक आपसमा भिडन्त गर्दैछन् । शुक्रबार देखि हलमा आर्यन सिग्देलको ड्रिम प्रोजेक्ट कायरा र अनुप विक्रम शाही अभिनित सिनेमा झमक बहादुरले आफ्नो प्रर्दशनको सुरुवा गरेका हुन् । कायरामा आर्यन सिग्देलले अहिलेकी हटकेक नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधेका छन् ।
पछिल्लो समय कमजोर बन्दै गएको स्टारडम उकास्न आर्यनले आफ्नो जोडीको रुपमा उनलाई चयन गरेको चर्चा सिनेवृतमा छ । ुड्रिम्सु र ुए मेरो हजुर २ु को सफलतापछि पछिल्लो पुस्तामा साम्राज्ञीको क्रेज राम्रो छ । चकलेटी ब्वाई आर्यन र अहिलेकी हटकेक साम्राज्ञीले पहिलो पटक स्क्रिन साझेदारी गरेका कारण यो सिनेमाको दर्शकमा घोषणाको बेलैदेखि व्यग्र प्रतिक्षा थियो । गीतसंगीत र ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएका कारण हलमा दर्शकको उपस्थिति उत्साहजनक हुनेमा निर्माण टिम विश्वस्त देखिएको छ ।
मल्टिप्लेक्समा उच्च शोज पाएको यो सिनेमाले देशभरका ८० हलमा आफ्नो वर्चश्व जमाएको छ । ‘कायरा’ का निर्देशक लक्ष्मण रिजाल हुन् । उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरुको पनि अभिनय छ । मल्टिप्लेक्समा एक्लै भएपनि सिंगल थिएटरमा ‘कायरा’ को भिडन्त अभिनेता अनुप विक्रम शाही स्टारर सिनेमा ‘झमक बहादुर’ सँग परेको छ । पहिलो ट्रेलर सार्वजनिक भएपछि यो सिनेमा दक्षिण भारतीय सिनेमा ुमुम्बई एक्सप्रेसु को फोटोकपी रहेको भन्दै चर्को आलोचना भएको थियो ।
सुन तस्करी, लुटपाट र अपहरणलाई सिनेमाको मुख्य विषय बनाइएको छ । भोमन कटुवाल निर्देशित तथा मिनकुमार तामाङ निर्मित ‘झमक बहादुर’ मा यादब देपकोटा ९सरापे०, राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय छ ।


प्रतिक्रिया