करणको सिनेमामा रणवीर देखि करिनासम्म एकसाथ

करणको सिनेमामा रणवीर देखि करिनासम्म एकसाथ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड निर्माता तथा निर्देशक करण जोहरले नयाँ सिनेमा तख्त निर्माण गर्ने भएका छन् । यो मल्टिस्टारर सिनेमाको बिहिबार बिहान ट्विटरमा फस्टलुक पोस्टर रिलिज गर्दै निर्माण घोषणा गरेका हुन् । सिनेमामा रणवीर सिंह, करिना कपुर, आलिया भट्ट, जान्भी कपुर, भिक्की कौशल, भूमि पड्नेकर, अनिल कपुर लगायतका कलाकारको मुख्य भुमिका रहने छ ।

करणले ट्विटरमा लेखेका छन् – ‘तख्तको प्रमुख कलाकारहरुको घोषणा गर्न पाउँदा म एकदम उत्साहित छु ।’उनले इन्स्टाग्राममा चलचित्रको विषयमा केही रहस्यहरु चुहाएका छन् । ‘इतिहासको गर्तमा लुकेको एउटा सनसनीपूर्ण कथा‘। मुगलको सत्ताको निम्ति अभूतपूर्व लडाई‘ एउटा परिवारको, महत्वाकांक्षाको, घमन्डको, धोकाको र प्रेमको कथा‘ तख्त प्रेम र यूद्धको बारेमा हो ।’

आलिया भट्ट र करिना कपुरले यसअघि फिल्म ‘उड्ता पञ्जाब’मा एकसाथ काम गरेका थिए । तर, उनीहरु पर्दामा एकैसाथ देखिएका भने थिएनन् । आफू एउटा ऐतिहासिक चलचित्रको हिस्सा हुन पाएको भन्दै आलियाले खुशी व्यक्त गरेकी छन् । ‘लभ यू करण । सेटमा जाने दिनको प्रतिक्षामा छु । यति शान्दार कास्टको एउटा हिस्सा बन्न पाउँदा गौरवान्वित छु,’ उनले लेखेकी छन् ।

‘बाजिराव मस्तानी’ र ‘पद्मावत’ पछि रणवीर सिंहको यो तेस्रो ऐतिहासिक चलचित्र हुनेछ । उनले पनि यो चलचित्रको हिस्सा हुन पाएकोमा खुशी व्यक्त गरेका छन् । श्रीदेवीकी छोरी जान्भी कपुरको यो दोस्रो चलचित्र हुने भएको छ । उनले यसअघि ‘धडक’ मा काम गरेकी थिइन्, जुन हालै प्रदर्शनमा आएको छ । यो फिल्म सन् २०२० मा रिलिज गर्ने लक्ष्य राखिएको छ ।