‘रामकहानी’ अफिसियल पोस्टर रिलिज

‘रामकहानी’ अफिसियल पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भाद्र २२ गतेबाट रिलिज हुने सिनेमा ‘रामकहानी’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक तीन पोस्टरमा प्राय सिनेमाका मुख्य कलाकारलाई देख्न सकिन्छ ।गीत संगीत र ट्रेलरबाट राम्रो हाइप बनाएको यो सिनेमाले दर्शकलाई फरक स्वालको ट्रेलरले सरप्राइज समेत बनाएको छ । सुर्दशन थापाको निर्माण तथा निर्देशन रहेको सिनेमा कमेडी तथा लभस्टोरी जनरमा तयार भएको छ ।

सिनेमामा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको प्रेमलाई देखाइएको छ । भने साथमा, हाँस्य कलाकारहरु केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा र विल्सन विक्रम राइले दर्शकलाई मज्जासँग हसाउँने निर्देशक थापाले बताए ।

सिनेमाको पोष्टरले अझै ‘रामकहानी’ प्रति दर्शकको कौतुहलता बढाएको छ ।