‘रोजी’मा दर्शकले मलाई फरक रुपमा देख्न पाउँछन् : प्रदीप

‘रोजी’मा दर्शकले मलाई फरक रुपमा देख्न पाउँछन् : प्रदीप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आइतबार साँझ सिनेमा ‘रोजी’ निर्माण टिमले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा पत्रकारको केन्दमा प्रदीप खड्का भएपनि सिनेमाका अन्य कलाकारको पनि उपस्थिती रहेको थियो ।बजारमा आएका विभिन्न गसिपलाई खण्डन गर्नका लागि हुन सक्छ, ‘रोजी’ टिमले सिनेमाको बारेमा जानकारी गराउने उद्देश्यका साथ पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

कार्यक्रममा अभिनेता प्रदीप खड्कालाई साधियो, एक अभिनेताका लागि फरक फरक भुमिकामा काम गर्नु कति अर्थपुर्ण हुन्छ ? उसको भौतिक आकारले एक्टिङमा कति अर्थ राख्छ ? योङ हार्टथ्रोव प्रदीप खड्कासँग आइतबार यी प्रश्नका जवाफ थिए ।

भदौ २२ गते रिलिज हुने प्रदिप अभिनित क्राइम थ्रीलर सिनेमा हो रोजी । ‘स्क्रिप्ट र पात्रको सशक्तताले सिनेमाप्रति निकै आशावादी छु’ उनले सुनाए, ‘पहिलोपटक थ्रीलर सिनेमामा काम गर्दैछु । मेरो लागि यो अलग जनरा हो । दर्शकले म भित्र भिन्न स्वाद प्राप्त गर्नुहुनेछ ।’ उनलाई एउटा प्रश्न सोधियो । हिरोइन अग्ली र तपाईंँ होचो, किन ? प्रदीप ठट्यौली सुनिए, ‘मैले उचाइ बढाउन सबथोक गरेँ । के मात्र गरिन ?’ यसको उत्तर उनको दायाँ छेउमा बसेका दुई डिभासँग थियो ।

को–स्टार मिरुना मगरले भनिदिइन, ‘मलाई त्यस्तो लाग्दैन । अभिनय एउटा कला हो र फिजिकल स्वरुपले खास अर्थ राख्दैन ।’ मोडल टन्र्ड एक्ट्रेस परमिता राणासँग त उत्तर भै हाल्ने भयो । भनिदिइन्, ‘मोडलिङ भए हाइटले पनि अर्थ राख्थ्यो तर, एक्टिङमा आवश्यक छैन । तपाईं हेर्नूस न भारतमा आमिर खान र कट्रिना क्याफको जोडी ।’

निर्देशक नीरक पौडेलले आफूले रोजी मार्फत दर्शकलाई न्याय गर्ने बताए । ‘मैले दर्शकलाई सिनेमामा न्याय गर्छु र निराश तुल्याउँदिन’ उनले भने । निरकले यसअघि निर्देशन गरेका दुई सिनेमा कुसुमे रुमाल २ र होमवर्कलाई दर्शक र समिक्षक दुबैले हरियो झन्डा देखाएका थिए । गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमा भदौ २२ मा देशव्यापी प्रदर्शन हुँदैछ । नेपाल र टर्कीमा छायांकन गरिएको सिनेमा दर्शकका लागी प्रदीप खड्काको कारण पनि अवेइटड छ ।