द सिनेमा टाइम्स काठमाडौं – म्युजिक भिडियोमा सफल नाम हो पुष्प खड्का । उनले अभिनय गरेका म्युजिक भिडियोहरुमा अहिले पनि दैनिक जस्तै सार्वजनिक भैरहन्छन । उनै पुष्प पछिल्लो समय म्युजिक भिडियोसँगै सिनेमाको पर्दामा समेत ब्यस्त बन्दै गइरहेका छन् । ‘अझै पनि’बाट ठुलो पर्दामा डेव्यु गरेका पुष्पलाई पहिलो पटक भेट्रान निर्देशक तुलसी घिमिरेले ‘दर्पण छायाँ २’ बाट लिड रोलमा ब्रेक दिएका थिए । तर दुर्भाग्य उनले लिड रोलमा अभिनय गरेको सिनेमाले बक्सअफिसमा कमाल देखाउन सकेन ।
दुई सिनेमाको असफलताले निराश बनेका पुष्पलाई तेस्रो सिनेमा ‘मंगलम’ले उनलाई ठुलो राहत दियो । ‘मंगलम’ उनले दर्पण छायाँ २ रिलिज नहुँदै साइन गरेका थिए । मंगलमको सफलतासँगै उनले मंगलमा गरेको प्यारालाइसिस युवाको भुमिकाले सिनेमाकर्मी र दर्शकको मन जित्यो । त्यस पश्चात उनलाई स्टार अभिनेताको रुपमा हेर्न थालियो, मंगलम पछि उनको हातमा धमाधम ठुला ब्यानरका सिनेमा हात पर्न थालेका छन् ।
पुष्पले केहि समय पहिले ठुलो ब्यानरको सिनेमा ‘छक्का पञ्जा ३’ साइन गरेर छाडेका थिए । निर्माण टिमले सिनेमाको स्किृप्ट नदिएको भन्दै छाडे । ‘छक्का पञ्जा ३’ पछि उनले मह सञ्चारले निर्माण गर्ने कमेडी सिनेमा ‘दाल भात तरकारी’ र पुनम गौतमले निर्माण नयाँ सिनेमामा काम गर्ने फाइनल भएको छ ।
उनै पुष्प खड्का मह सञ्चारको सिनेमा दाल भात तरकारीको पत्रकार सम्मेलनमा आर्कषक बनेर पुगेका थिए । उक्त पत्रकार सम्मेलन पश्चात हामीसँग पुतलीसडक स्थीत स्टार मलको छतमा पुगेर द सिनेमा टाइम्सका फोटोग्राफर निरज पन्थीको क्यामेराले विभिन्न पोजमा खिचेका १० तस्विरहरु :-



प्रतिक्रिया