अमेरिकामा ‘नेम्पा पपुलर अवार्ड’ हुने

अमेरिकामा ‘नेम्पा पपुलर अवार्ड’ हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपाल चलचित्र संघले ‘नेम्पा पपुलर फिल्म अवार्ड’को आयो जना गर्ने भएको छ । अमेरिकामा आयोजना हुने ‘नेपाली राष्ट्रिय सम्मेलन २०१८’ मा अगष्ट ३१ द्येखि सेप्टेम्बर २ सम्म अमेरिका आयोजना हुने कार्यक्रमलाई नेपाली संगठनहरु एन्मा, नासिया, एनाले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।

नेपाल चलचित्र संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै  नेपाली सिनेमाको विकाश र विस्तारको लागी पपुलर अवार्ड’को आयोजना गर्न लागेको संघका अध्यक्ष प्रदिप कुमार उदयले बताए । यो पपुलर अवार्डका लागी सिनेमा क्षेत्रमा वषैँ देखि कार्यरत २५ जना कलाकार निर्माता निर्देशकहरु अमेरिका जानेछन् ।

यसपटक, पपुलुर सिनेमादेखि निर्देशक, नायक, नायिका, सह-नायक, सह-नायिका, संगीतकार, हाँस्य कलाकार, गायक, गायिका, नव-निर्देशक, नव-नायक, दशकको नायक, दशशकी नायिका, लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।

अवार्डमा सहभागी हुनका लागि कलाकारहरु निर शाह, भूवन केसी, सुनिल थापा, रेखा थापा, झरना थापा, दिपकराज गिरी, दीपाश्री निरौला, अनमोल केसी, केकी अधिकारी, अर्जुन श्रेष्ठ, अन्जु पन्त, सुगम पोखरेल, अर्जुन पोखरेल, विल्सन विक्रम राई, निता ढुंगाना, जितु नेपाल, केदार घिमिरे, सरिता लामिछाने, सुमन गिरी, सितादेवी तिमिल्सिना लगायतको टोली अमेरिका पुग्ने बताइएको छ ।