भुकम्पको कथामा ‘ब्ल्याक ईयर’ निर्माण हुने

भुकम्पको कथामा ‘ब्ल्याक ईयर’ निर्माण हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – ‘ब्ल्याक ईयर’ अर्थात कालो वर्ष नामक सिनेमा निर्माण हुने भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमा बन्ने अफिसियल घोषणा गरियो । यो सिनेमाको निर्देशन महिला निर्देशक लक्षु गौतमले गर्दैछिन् । योगेन्द्र पनेरुले निर्माण गर्ने सिनेमाको छायांकन भाद्र १० गतेबाट सुरु गरिने छ ।

२०७२ साल बैशाख १२ को भुकम्पले एउटा परिवारलाई पुर्याएको क्षतिको कथामा यो सिनेमा निर्माण हुने निर्देशक गौतमले बताइन् । यो सिनेमाको सम्पुर्ण छायांकन काडमाडौं र ललितपुरमा गरिनेछ । यो सिनेमामा रामेश्वर हुमागाँईको छायांकन रहनेछ ।

फोकस आउट मिडिया प्रा. लि.को ब्यानरमा निर्माण हुने सिनेमाको रिलिज डेट २०७६ सालको बैशाख १२ लाई तय गरिएको छ । यो सिनेमामा सुरेन्द्र बुढाथोकी र रश्मी शाह, उकेश पनेरु, अनुपा खड्का, देव सागर, पवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहनेछ ।