अनमोल केसी स्टारर ‘क्याप्टेन’को अफिसियल पोस्टर सार्वजनिक

अनमोल केसी स्टारर ‘क्याप्टेन’को अफिसियल पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – अनमोल केसी स्टारर नयाँ सिनेमा ‘क्याप्टेन’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अनमोल केसीको खेलाडी लुक्सलाई फोकस गरिएको छ । जहाँ अनमोलले बल हान्दै गरेको देख्न सकिन्छ । सिनेमाको फस्टलुक पोस्टर सार्वजनिक निर्देशक दीवाकर भट्टराईले सामाजीक सञ्जाल फेसबुकबाट गरेका हुन् । जितका लागि गोल हान्न मैदानमा संघर्षरत एक फुटबल खेलाडीको अवस्थामा अनमोललाई चित्रण गरिएको छ । पोस्टरको ब्याकग्राउण्डमा अनमोल ११ नम्बरको जर्सीमा खेल मैदानतर्फ निहालिरहेका छन् ।जर्सीमा उनको नाम ‘इशान’ लेखिएको छ । गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा सिनेमा ‘क्याप्टेन’ ले बोल्छ । सिनेमाको आधिकारिक पोस्टर सार्वजनिक भएपनि प्रदर्शन मिति भने अझै घोषणा गरिएको छैन । भुवन केसीले निर्माण गरेको ‘क्याप्टेन’मा यसपटक अनमोलले दुई नव-अभिनेत्रीसँग स्क्रिन साझेदार गरेका छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । ‘क्याप्टेन’ मा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ । सिनेमाको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् ।

‘क्याप्टेन’ मा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । सुदीप बराल डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् । सार्वजनिक पोस्टरले सिनेमाप्रति झनै कौतुहलता बढाएको छ ।