बानेश्वरको गाईजात्रामा नाच्यो ‘रामकहानी’ टिम !

बानेश्वरको गाईजात्रामा नाच्यो ‘रामकहानी’ टिम !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भाद्र २२ गते रिलिज हुने सिनेमा हो ‘रामकहानी’ । निर्माण टिम र कलाकार यतीवेला सिनेमाको प्रचार प्रसारमा जोडतोडका साथ लागी रहेको छ । सिनेमा निर्माण टिमले रामकहानीको प्रचारमा विभिन्न शैलीको प्रयोग गरि रहेको छ । कहिले होटल तथा रेष्टुरेन्टमा वाईफाई पासवर्ड ‘रामकहानी’ राखेर, त कहिले सिग्नेचर प्रतियोगीतको आयोजना गरेर, कहिले सडक चोकमा विधार्थीसँग नाचेर सिनेमाको प्रचार गरिरहेको छ ।

यस्तै ‘रामकहानी’ निर्माण टिम सोमबार बानेश्वरमा रेडियो अडियोले आयोजना गरेको ‘गाईजात्रा’ कार्यक्रममा पुगेर आफ्नो प्रचार प्रसार गरेको छ । सयौं दर्शकको उपस्थीति रहेको ‘गाईजात्रा’मा सिनेमाका मुख्य कलाकार पुजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल गाईजात्रामा ‘रामकहानी’को प्रचार गरे ।

‘गाईजात्रा’ कार्यक्रम प्रदर्शनको तयारीमा रहेका सिनेमाको प्रचार गर्ने उपयुक्त मञ्च पनि बन्यो । सिनेमाका मुख्य कलाकारले रामकहानीमा समावेश ‘तिम्रो लागि म छ……’ बोलको हिट गीतमा उनीहरु कम्मर मर्काएका थिए ।