बाँध मायालेको प्रचारमा यस्तो शैली, के होला त फाइदा ?

बाँध मायालेको प्रचारमा यस्तो शैली, के होला त फाइदा ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – रिलिजको संघारमा रहेका सिनेमाहरुले प्रचार प्रसारका नयाँ नयाँ शैली अपनाई रहेका छन् । यस्तैमा असोज ५ गतेबाट रिलिज हुने सिनेमा ‘बाँध मायाले’ प्रचारमा नयाँ प्रयोग गरेको छ । विशेषत : पछिल्लो समय समाजीक सञ्जालमा जोडिने दर्शकको सङख्या बढ्दो छ । यसैलाई मध्यनजर गर्दै सिनेमा निर्माण टिमले समाजीक सञ्जाल फेसबुकमा जोडिएका दर्शकलाई फोकस गर्दै सिनेमाको प्रचार सुरु गरेको छ ।निर्देशक सविर श्रेष्ठका अनुसार प्रत्येक दुइ दिनमा सिनेमा ‘बाँध मायाले’को एउटा प्रश्न सिनेमाको अफिसियल फेसबुक पेज सोधिनेछ । सोधिएको प्रश्नमा सहीजवाफ दिनेलाई पाँच सय रुपैयाँको रिचार्च कार्ड प्रदान गरिनेछ । यो क्रम भदौको अन्तिम दिनसम्म जारी रहने निर्माता समेत रहेका श्रेष्ठले बताए । सिनेमा हलमा नआउञ्जेल यी र यस्तै खाले प्रचार गरिरहने सोच निर्माण टिमको रहेको छ ।

लभ स्टोरी सिनेमा ‘बाँध मायाले’लाई सविर र रामहरी धिताल मिलेर निर्माण गरेका हुन् । निर्माताको रुपमा केदार धिताल र बिभिषिका श्रेष्ठ रहेका छन् । सिनेमामा आर्यन र सृष्टिका अलवा किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंग लगायतका कलाकारको अभिनय रहेको छ ।