अमेरिकामा रुचाईयो आर्यन र सृष्टिको ‘बाँध मायाले’

अमेरिकामा रुचाईयो आर्यन र सृष्टिको ‘बाँध मायाले’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – पछिल्लो समय नेपाली सिनेमाको प्रदर्शन अगावै विदेशमा रिलिज गर्नेे क्रम बढ्दो छ । जसले गर्दा नेपाली सिनेमाका निर्माता निर्देशकलाई केहि हदसम्म फाइदा पनि हुने गरेको छ । नेपाल प्रदर्शन अगावै विदेशमा सिनेमा प्रदर्शन र विदेश राइट्सबाट लगानी उठाउनुका साथै नेपाली सिनेमालाई विश्व बजारमा लैजाने ढोकाहरु खुल्दै गएका छन् । यस्तै अहिले आगामी असोज ५ गतेबाट नेपाल प्रदर्शन हुने सिनेमा ‘बाँध मायाले’ले आफ्नो विदेश प्रदर्शनको सुरुवात गरेको छ ।

यो सिनेमाको अष्ट्रेलिया प्रदर्शन पश्चात अमेरिकाको शो पनि सम्पन्न भएको छ । यही अगस्ट २८ तारिखमा अमेरिकाको सान्फ्रान्सिस्को शहरमा बाँध मायालेको प्रिमियर भएको थियो । उक्त प्रिमियर शोका लागी सिनेमाका मुख्य कलाकार आर्यन अधिकारी अमेरिका पुगेका थिए । एक्सन लभ स्टोरी सिनेमा ‘बाँध मायाले’ हेरे पछि दर्शकहरु भावुक हँदै हलबाट निस्किएको नायक अधिकारीले बताए । सिनेमामा समावेश एक्सन र लभ स्टोरीलाई दर्शकले रुचाएको आर्यनको भनाई छ । पुनःसेप्टेम्वर २ तारिखमा सान्फ्रान्सिस्कोमा सिनेमाको अर्को शो राखिएको छ ।

एक्सन लभ स्टोरी सिनेमा ‘बाँध मायाले’मा आर्यनको अपोजिटमा पुर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ प्रस्तुत भएकी छिन् । साथमा राजाराम पौडेल किशोर खड्का, रविन्द्र प्रताप सेन र विशाल चाम्लिंगको अभिनय रहेको छ । काइट्स इन्टरटेनमेन्टको प्रस्तुती निर्माण भएको सिनेमा ‘बाँध मायाले’मा रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माताको रुपमा छन् भने सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल छन् । बाबु श्रेष्ठको छायाँकन रहेको सिनेमामा रोशन श्रेष्ठको द्धन्द्धनिर्देशन र अर्जुन पोखरेलको संगीत छ ।