भाद्र १६ बाट इन्टु मिन्टु मोफसल प्रमोसनमा

भाद्र १६ बाट इन्टु मिन्टु मोफसल प्रमोसनमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असोज ५ गतेबाट रिलिज हुने सिनेमा इन्टु मिन्टु लण्डनमाले मोफसल टुरको आयोजना गर्ने भएको छ । इन्टु मिन्टु प्रमोसनमा भन्दै सिनेमा निर्माण टिमले इन्टु मिन्टु लण्डनमाको प्रचार प्रसार थाल्ने भएको छ । निर्देशक रेनेशा वान्तवा राईका अनुसार सिनेमाको मोफसल टुर भाद्र १६ गते झापाको बिर्तामोडबाट सुरु गरिनेछ । यसपछि १७ गते दमक , २२ गते इटहरी र बिराटनगर, २३ गते धरान, २६ गते पोखरा, २७ गते चितवन, २८ गते बुटवल र २९ नेपालगन्ज पुगेर सिनेमा निर्माण टिम काठमाडौं फर्किने छ ।प्रज्वल समशेर जबरा र प्रभु समशेर जबराले निमार्ण गरेको सिनेमाबाट कोरियोग्राफर रेनेशा वान्तवा राईले निर्देशनमा डेब्यु गरेकी छिन् । आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लण्डनमा’ का सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।

शैलेन्द्र धोज कार्कीको छायांकन रहेको सिनेमामा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।  प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।