आज शुक्रबारदेखि ‘मेरी मामु’ रिलिज

आज शुक्रबारदेखि ‘मेरी मामु’ रिलिज

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स काठमाडौं – आज शुक्रबार देखि सन्तोष सेनले निर्माण गरेको सिनेमा ‘मेरी मामु’ प्रदर्शनमा आएको छ । बाल मनोविज्ञानको कथामा आधारीत पारिवारिक सिनेमा ‘मेरी मामु’लाई लेखक तथा निर्देशक यम थापाले निर्देशन गरेका हुन् । यो बर्ष हरेक हप्ता ३४ ओटा सिनेमा प्रदर्शनमा आइरहेका छन । तर अपवाद ‘मेरी मामु’ वर्षको पहिलो सालो रिलिज सिनेमा बनेको छ ।

यो सिनेमामाबाट निर्माता सन्तोष सेनका ७ वर्षिय छोरा आयुब सेनको मुख्य भुमिका रहेको छ । आयुबले यहि सिनेमाबाट डेव्यु गरेका हुन् । सिनेमामा आयुबका अलवा शारुक ताम्राकार, अश्लेशा ठकुरी, कुसुम गुरुङ, दुर्गा मल्ल, भुवन चन्द लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

सिनेमामा कल्याण सिंहको संगीत, पुरुषोत्तम प्रधान र मानकृष्ण कमर्जनको छायांकन, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।