द सिनेमा टाइम्स काठमाडौं – आज शुक्रबारदेखि सिनेमा ‘रामकहानी’ र ‘रोज’ एकसाथ प्रदर्शन आएका छन् । सुर्दशन थापाले निर्माण तथा निर्देशन गरेको सिनेमा ‘रामकहानी’ र निरक पौडेलले निर्माण तथा निर्देशन गरेको सिनेमा ‘रोज’ले आजबाट बक्सअफिसमा आमने सामने भएका छन् ।
सुदर्शन थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमा ‘रामकहानी’लाई सुदर्शन र पुजाले मिलेर निर्माण गरेका हुन् । यो सिनेमामा नायक आकाश श्रेष्ठ, पुजा शर्मा, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, शोभित बस्नेत लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
यस्तै गोपीकृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता उद्धव पौडेल हुन् । यो सिनेमामा अहिलेका सुपरस्टार नायक प्रदीप खड्का, परमिता आरएल राणा, मिरुना मगर, बरुण राणा, कर्मा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।


प्रतिक्रिया