द सिनेमा टाइम्स काठमाडौं – शुक्रबारदेखि अलनेपाल प्रदर्शनमा आएको सिनेमा ‘रामकहानी’ले शनिबार आक्रमक व्यापार गरेको छ । राजधानी लगायत देशभरका सिनेमा घरमा ‘रामकहानी’ले आक्रमक व्यापार गरेको वितरक सुनिल मानन्धरले बताए । शुक्रबार ४० लाख आसपासको व्यापार गरेको सिनेमाले शनिबार दर्शकको उच्च साथ पाएको थियो । राजधानीका सिंगल हलमा शतप्रतिसत अकुपेन्सी कायम गरेको सिनेमाले मल्टिप्लेक्स हलमा भने ८० देखि ९० प्रतिसत अकुपेन्सी कायम गरेको थियो ।
शनिबार राजधानीको अष्टनारायण हलमा पुगेका सिनेमाका कलाकारलाई दर्शको भिडबाट सुरक्षा दिन बडिगार्डलाई समेत हम्मे हम्मे परेको थियो । हल संचालका अनुसार अष्टनारायण हलमा शनिबार दिनभर ‘रामकहानी’ले आक्रमक व्यापार गरेको थियो । यस्तै सिनेमा निर्माण टिम राजधानीका सिंगल हलका साथै कुमारी , बिग मुभिज लगायतका मल्टिप्लेक्स हलमा समेत कलाकार सहित पुगेका थिए ।
नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकारहरु केदार घिमिरे, जितु नेपाल, निर्देशक सुदर्शन थापा विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएका थिए । नायिका पूजा शर्माले आफ्ना अघिल्ला सिनेमामा जस्तै यसमा पनि दर्शकको माया मिलेको भन्दै खुशी व्यक्त गरिन् ।
नायिका शर्मालाई देखेर उनका केही यूवती फ्यान रोएका थिए । उनीहरुले पूजालाई सधै यस्तै राम्रा सिनेमा खेल्न आग्रह समेत गरे । हलमा पुगेका नायक आकाश श्रेष्ठको यूवतीहरुमाझ क्रेज पनि गज्जबको देखियो । काठमाण्डौ बाहिर पनि सिनेमाले निकै राम्रो व्यापार गरेको वितरकले जनाएका छन् । पोखरा, चितवन, विर्तामोड, वुटवल, धरान, इटहरी, दमक लगायतका शहरमा पनि सिनेमाको व्यापार सुखद रहेको वितरक कम्पनी एफडीले जनाएको छ ।
पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको सिनेमाको कथावस्तु, कमेडी संवाद र क्लाइमेक्सलाई दर्शकले रुचाएका छन् ।


प्रतिक्रिया