द सिनेमा टाइम्स काठमाडौं – शुक्रबारदेखि अलनेपाल प्रदर्शनमा आएको सिनेमा ‘रामकहानी’ले आक्रमक व्यापार गरिरहेको छ । ‘रामकहानी’ले यसकोे निरन्तरता आज छैँटौ दिनमा पनि पाएको छ । आज परेको हरितालिका तिजको अवसरमा यो सिनेमाले देशैभर आक्रमक व्यापार गरिरहेको वितरक सुनित मानन्धरले बताए । ‘रामकहानी’ले तिजको दिनमा पनि देशभरका सिंगल तथा मल्टिप्लेक्स हलमा शतप्रतिसत अकुपेन्सी कायम गरेको उनको भनाई छ ।
आज राजधानीमा मात्रै नभएर काठमाण्डौ बाहिर पनि सिनेमाले निकै राम्रो व्यापार गरिरहेको छ । यस्तै मोफसल अन्तर्गतका पोखरा, चितवन, विर्तामोड, वुटवल, धरान, इटहरी, दमक लगायतका शहरमा सिनेमाको व्यापार शतप्रतिसत रहेको वितरक सुनिल मानन्धरले जानकारी दिए ।
तीजको अवसर पारेर दर्शकसँग बसेर सिनेमा हेर्न अभिनेत्री पुजा शर्मा र आकाश श्रेष्ठ आज चितवन पुगेका छन् । यसका साथै उनीहरु चितवनमा आयोजना गरिएका विभिन्न तिज कार्यक्रममा पुगेर प्रदर्शनरत सिनेमा ‘रामकहानी’को बारेमा दर्शकसँग साक्षात्कार गर्ने अभिनेत्री पुजा शर्माले बताइन । निर्माण टिम बिहानै देखि नारायणघाटका विभिन्न सिनेमा हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन् । भने कलाकारसँगै बसेर सिनेमा हेर्न पाउँदा दर्शक पनि निकै उत्साहित छन् ।
सिनेमामा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सिनेमाको कथावस्तु, कमेडी संवाद र क्लाइमेक्सलाई दर्शकले रुचाएका छन् ।


प्रतिक्रिया