सुर्य ईन्टरनेशनल अवार्डमा २ कलाकारलाई सम्मान, २ पत्रकार पुरस्कृत हुने

सुर्य ईन्टरनेशनल अवार्डमा २ कलाकारलाई सम्मान, २ पत्रकार पुरस्कृत हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – ‘सुर्य इन्टरनेश्नल अवार्ड २०१८’ आगामी आइतबार जापानको टोकियोमा सम्पन्न हुनेछ । यो अवाईमा निरन्तर लागी रहेका २ जना कलाकार र २ जना सिने पत्रकारलाई सम्मान ताथा पुरस्कृत गर्न लागीएको छ । उक्त अवार्ड समारोहमा नेपालको पहिलो सिनेमा आमाबाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गरेकी बरिष्ठ हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई सुर्य लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानीत गर्न लागीएको हो ।

यस्तै तीन दशक देखी लगातार सिनेमा क्षेत्रमा सक्रिय रहँदै सिनेमा क्षेत्रलाई योगदान पुराउनु भएका सदावहार नायक भुवन केसीलाई सुर्य कलाकारीता सम्मानबाट सम्मानीत गर्न लागिएको आयोजक संस्था सुर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले बताए ।

यता देढ दशकदेखि निरन्तर सिने पत्रकारितामा कलम चलाउँदै समग्र सिनेमा क्षेत्रको परिवर्तन र विकासमा लागी पर्नु भएका पत्रकार सामिप्य राज तिमिल्सेनालाई ‘सुर्य चलचित्र पत्रकारिता पुरस्कार–२०१८’ बाट पुरस्कृत गर्न लागिएको हो । एक दशकभन्दालामो समय देखी क्यामराको माध्यमबाट नेपाली सिनेमा क्षेत्रको वास्तविकतालाई प्रस्तुत गर्दै आईरहनु भएका फोटो पत्रकार श्रीधर पौडेललाई ‘सुर्य फोटो पत्रकारिता पुरस्कार–२०१८’ बाट पुरस्कृत गर्न लागिएको हो ।

सम्मान र पुरस्कार वितरण कार्यक्रम जापानको टोकियमाो अवस्थित नाकानो जेरो हलमा आगामी आईतावार अवार्ड समारोहमा प्रदान गरिनेछ । कलाकारहरुको कामको मुल्याङ्कन तथा उर्जालाई साथ र सहयोग पुग्ने गरि अवार्ड समोरोह आयोजना गरेको आयोजकले कलाकार र पत्रकारलाई पनि हौसला प्रदानको लागि सम्मान र पुरस्कार कार्यक्रम जोडिएको बासुदेव लामिछानेले भनाई छ ।

समारोहमा सिनेमाको ६ विधा र गायनका ६ विधा गरि १२ विधामा अवार्ड वितरण गरिनेछ । पर्यटन प्रवद्र्धन, कला संस्कृतिको संरक्षण र जापानमा निरन्तर नेपाली सिनेमाको प्रदर्शनलाई प्रभावकारी बनाउन सुर्य ईन्टरनेशनल अवार्ड २०१८ आयोजना गर्न लागिएको हो । अवार्ड समारोहमा साँस्कृतिक प्रस्तुतीहरु सहितको भव्य कार्यक्रम पनि हुनेछ । जसको लागि नेपालबाट शुक्रवार ४ दर्जन बढि कलाकारहरु जापान जाँदैछन् ।