सुर्य अवार्डमा पुजा र पल उत्कृष्ट, अनमोल र साम्राज्ञी पपुलर अवार्ड

सुर्य अवार्डमा पुजा र पल उत्कृष्ट, अनमोल र साम्राज्ञी पपुलर अवार्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं  – आइतबार नै सम्पन्न भएको अर्को अवार्ड हो ‘सुर्य ईन्टरनेसनल अवार्ड २०१८’ । विश्वकै मंहगो सहर जापानको टोकियो अवस्थीत नाकानो जिरो हलमा अवार्ड सम्पन्न भएको छ । १२ विधा र मास पपुलर ४ विधा गरि जम्मा १६ विधामा अवार्ड वितरण गरिएको छ ।उक्त अवार्डमा उत्कृष्ट सिनेमा ‘म यस्तो गित गाउँछु’ र उत्कृष्ट नायक  पल शाह र नायिका पुजा शर्मा घोषित भएका छन् । दर्शकले दिएको भोटको आधारमा पल शाह  र पुजा शर्मा सिनेमा ‘म यस्तो गित गाउँछु’ बाट उत्कृष्ट नायक /नायिका बनेका हुन् । यस्तै सिनेमा ‘म यस्तो गित गाउँछु’ बाट सुदर्शन थापाले उत्कृष्ट निर्देशकको अवार्ड हात पारे ।

अन्य विधाहरुमा उत्कृष्ट सपोर्टिङ एक्टर पुरुषतर्फ प्रशान्त ताम्राकार र महिला तर्फ बर्षा राउत घोषित भएका छन् । आयोजकले भोटिङ्ग बाहेकका मास पपुलर तर्फको ४ वटा विधामा समेत अवार्ड वितरण गरेको थियो। गत वर्ष प्रदर्शनमा आएका सिनेमाहरुबाट पपुलर नायक, नायिका, निर्देशक र सिनेमा गरि ४ विधामा अवार्ड वितरण गरिएको थियो। जसमा उत्कृष्ट नायकमा अनमोल केसी, नायिकामा सम्राज्ञी राज्य लक्ष्मी शाह, निर्देशकमा प्रदिप भट्टराई र सिनेमामा छक्का पञ्जा २ रहेको छ ।यस्तै अवार्ड समारोहमा नेपालकी पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई लाईफ टाईम एचिभमेन्ट अवार्ड(२०१८) प्रदान गरिएको छ । भने ३ दशकदेखी नेपाली सिनेमा क्षेत्रमा सक्रिय सदबहार नायक भुवन केसीलाई सुर्य कलाकरिता सम्मान(२०१८) प्रदान गरिएको छ । निरन्तर सिनेमा पत्रकारितमा कलम चलाउँदै आउनु भएका समिप्यराज तिमिल्सेनालाई नगद २५ हजार जापानिज येन सहित सुर्य चलचित्र पत्रकारिता(२०१८) बाट पुरस्कृत गरिएको हो । योसँगै निरन्तर फोटो पत्रकारितामा सक्रिय रहनु भएका फोटो पत्रकार श्रीधर पौडेललाई पनि नगद १५ हजार सहित पुरस्कृत गरिएको छ ।अवार्ड समारोहमा गीतको ६ विधामा लोकतर्फ गायक रामजी खाँण र गायिका सम्झना लामिछाने मगर उत्कृष्ट घोषित भएका छन् । यस्तै पपतर्फ कमल खत्री गायक र गायिका इन्दीरा जोशी उत्कृष्ट भएका छन् । यता आधुनिक तर्फबाट राजेश पायल राई र मेलिना राई उत्कृष्ट गायक /गायिका घोषित भएका छन् । अवार्ड समारोहमा नेपालबाट  करिब ४ दर्जन कलाकारहरु उपस्थित रहेको थिए ।जापानलाई कर्मथलो बनाई रहेका नेपाली सिनेमा तथा गीत संगीत क्षेत्रलाई माया गर्ने पाँच सय भन्दा बढि दर्शकहरु उपस्थित अवार्ड समारोहमा रहेको थियो । अवार्डले नेपाली कला, संस्कृतीको संरक्षण तथा नेपाली सिनेमा र गीत संगीतको प्रबर्धनमा टेवा पुग्ने दाबी आयोजकले  गरेका छ। अवार्ड समारोह पछि जापानम निरन्तर नेपाली सिनेमा रिलिज गर्ने तयारी गरिएको आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताए ।