द सिनेमा टाइम्स काठमाडौं – रियल लाइफ जोडी उमेश थापा र कविता गुरुंगको बास्तविक प्रेम कथामा निर्माण भएको सिनेमा ‘बोबी’लाई युकेका दर्शकले निकै माया देखाएका छन् । आइतबार गरिएको पहिलो शोमा नै रियल लाइफ जोडीको सिनेमा हेर्न १२ सय दर्शक उपस्थित रहेको निर्देशक तथा निर्माता मिलन चाम्सले बताए ।
दर्शकको उल्लेख्य सहभागीताले गर्दा युकेमा बोबीको शो थप गरिने चाम्सले बताए । आइतबार युकेसँगै सिङगापुर कुवेत र युसएमा बोबीको प्रर्दशन गरिएको थियो । चार वटा देशमा एकै पटक प्रर्दशनमा ल्याईएको सिनेमाले युकेमा राम्रो दर्शकको साथ पाएको छ । नेपालमा समेत दर्शकलाई हलसम्म आकर्षण गर्न सफल ‘बोबी’को विदेशमा माग उच्च छ ।
‘बोबी’को सोमबार अस्ट्रेलियामा शो गरिनेछ भने अक्टोबर १ मा हङकङ शो छ । यस्तै मंगलबार जापानमा यो सिनेमाको शो राखिएको छ । बोबीको थुप्रै देशमा शो गरिने चाम्स बताउँछन् ।


प्रतिक्रिया