विकाश आचार्यको ‘हजार जुनी सम्म’मा स्वस्तिमा

विकाश आचार्यको ‘हजार जुनी सम्म’मा स्वस्तिमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – पछिल्लो समय नायिका स्वस्तिमा खड्काको डिमान्ड बढ्दो छ । ‘दुई रुपैंया’मा समावेश ‘कुटुमा कुटु’ गीतले उनको व्यस्ततालाई निकै बढाइ दिएको छ । योसँगै उनले अभिनय गरेका दुई सिनेमा ‘छक्का पञ्जा २’ र ‘नाई नभन्नु ल ५’ चले पश्चात उनलाई आफ्नो सिनेमामा काम गराउन चाहने निर्माता निर्देशकको चाप लामै छ ।

अहिले पाँचौ हप्तामा प्रदर्शनरत सिनेमा ‘नाई नभन्नू ल ५’ वर्ष २०७५ कै पहिलो हिट सिनेमा बने पश्चात उनको चर्चा राम्रै भैरहेको छ । स्वस्तिमाले अभिनय गरेका सिनेमा ‘जय भोले’ र ‘बुलबुल’ प्रदर्शनको क्रममा छन् । ‘जय भोले’ दशैंको फुलपातीको दिन प्रदर्शनमा आउने छ । भने ‘बुलबुल’ फाल्गुनमा प्रदर्शन हुने पक्का भएको छ ।

योसँगै उनले निर्देशक विकाश आचार्यले निर्माण तथा निर्देशन गर्ने नयाँ सिनेमामा स्वस्तिमालाई अनुबन्धित गरिएको छ । विकाशले उक्त सिनेमाको नाम ‘हजार जुनी सम्म’ जुराएका छन् । यो सिनेमामा उनले स्वस्तिमाको जोडी नयाँ कलाकारलाई बनाउने छन् । विकास अहिले नयाँ नायकको खोजीमा लागेका छन् ।

निर्देशक आचार्यका अनुसार, स्वस्तिमासँग केही दिनमा नै कागजी सम्झौता हुनेछ । ‘नाईं नभन्नू ल ५’कै बेलादेखि उनीसँग मौखिक सम्झौता भएको थियो। वाइन लाइन स्टोरी पनि सुनिसकेकी छन् । उनले  सिनेमामा काम गर्ने कन्फर्म हो, आचार्यले भने । सामिप्यराज तिमल्सिना र निर्देशक आचार्यले ‘हजार जुनी सम्म’ को कथा लेखेका छन् । बाल कलाकार अनुभव रैग्मीकी आमा कविताले सिनेमा निर्माण गर्नेछिन् । तिहारपछि सिनेमाको छायांकन हुनेछ ।