अभिनेत्री निरुता सिंहलाई जन्मदिनको शुभकामना !

अभिनेत्री निरुता सिंहलाई जन्मदिनको शुभकामना !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – ‘दक्षिणा’बाट नेपाली सिनेमामा डेव्यु गरेकी अभिनेत्री निरुता सिंहको आज जन्मदिन हो । नेपाली सिनेमामा जिवन्त अभिनय र सुन्दरताले दर्शकको मन जितेकी उनलाई सिनेमाकर्मीले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिइरहेका छन् ।

दार्जिलिङमा जन्मिएकी निरुतालाई नेपाली सिनेमामा भेट्रान निर्देशक तुलसी घिमिरेले डेव्यु गराएका हुन । सन १९९३ मा नेपाली सिनेमामा डेव्यु गरेकी निरुताले अभिनय गरेका सिनेमा ‘दपर्ण छाँया’, ‘मनमन्दिर’, ‘बन्धकी’, ‘दुई किनारा’, ‘दुःख’ ‘आमाको काख’, ‘आफन्त’, ‘माइती’, ‘माइली’, ‘सन्तान थरी थरीका’, ‘ठुल्दाई’, ‘अजम्बरी नाता’, ‘नाता रगतको’, ‘लहना’ लगायतका दुई दर्जन बढि सिनेमा सुपरहिट छन् ।

पाँच दर्जन बढि सिनेमामा अभिनय गरेकी निरुता एक समय नायक बराबरको पारिश्रमिक डिमान्ड गर्ने गर्थिन् । आफ्नो समयकी सर्वाधिक चर्चित र व्यस्त नायिका निरुता सिंह केही वर्षदेखि मुम्बईमा बस्दै आइरहेकी छन् । मुम्बईमा बसेपनि निरुताले नेपाली सिनेमा क्षेत्रलाई विर्सन भने सकेकी छैनन् ।

हालै प्रदर्शनमा आएको सिनेमा ‘नाई न भन्नु ल ५’ मार्फत निरुताको नेपाली सिनेमामा पुनरागमन भएको छ । यो लगत्तै निरुता मह सञ्चार र किरण केसीले बनाउने सिनेमा ‘दालभात तरकारी’ र प्रदीप खड्का अनि गोविन्द शाहीले बनाउने सिनेमा ‘लभ स्टेशन’मा अनुबन्धित भएकी छिन् । नेपाली सिनेमा क्षेत्रकी चर्चित गरिने निरुतालाई जन्मदिनको धेरै धेरै शुभकामना !