शुक्रबारदेखि तीन सिनेमा : कथा काठमाडौं, छिरिङ्ग र अनुराग

शुक्रबारदेखि तीन सिनेमा : कथा काठमाडौं, छिरिङ्ग र अनुराग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – अहिले हरेक हप्ता दुई वा तीन सिनेमा प्रदर्शन भैरहेका छन् । अहिलेका अवस्था हेर्दा ठुला व्यानरका सिनेमाले समेत सोलो रिलिजको अवसर पाउने अवस्था छैन् । यसको निरन्तरता यो हप्ता पनि भएको छ । फ्राईडे रिलिज अन्तर्गत यो हप्ता अलग जनराका ती सिनेमा प्रर्दशनमा आएका छन् । कथा काठमाडौं, छिरिङ्ग र अनुरागले आजबाट बक्सअफिसमा एकअर्कासँग प्रतीसप्रर्धा गर्ने भएका छन् । यी तीनै फिल्मले फरक कथावस्तु उठाएका छन् ।

‘कथा काठमाण्डू’ ले घरेलु हिंसाको कथा भन्छ । ‘छिरिङ्ग’ ले बहुपतिप्रथा र मस्तिष्क प्रत्यारोपणको कथा वाचन गरेको छ । र, ‘अनुराग’ एक म्यूजिकल लभस्टोरी सिनेमा हो । मल्टिप्लेक्समा अन्य दुई सिनेमाभन्दा ‘कथा काठमाण्डू’ ले निकै राम्रो शोज पाएको छ ।

संगीता श्रेष्ठ निर्देशित यस सिनेमामा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज जोशी, सन्ध्या केसी, संयोग कोइराला, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका छ । ‘रातको कुरा…..’ बोलको गीतमा प्रियंका र प्रमोदको इन्टिमेट सिन पश्चात् यो सिनेमाको चर्को आलोचना भइरहेको छ ।

‘छिरिङ्ग’ लाई गायक तथा नायक यश कुमारले निर्देशन गरेका हुन् । उनको यो पहिलो निर्देशकिए सिनेमा हो । उनका अलावा गायक तथा अभिनेता निमा रुम्बाको पनि सिनेमामा अभिनय छ । यी दुई अभिनेताको अपोजिटमा अभिनत्री कामना भुजेल छिन् ।

यस्तै, पत्रकारिता क्षेत्रमा कपाल फुलाएका ऋषि धमलाले निर्माण गरेको ‘अनुराग’ मा उनकी श्रीमती एलिजा गौतमले अभिनय गरेकी छन् । उनको यो डेब्यु सिनेमा हो । सत्यराज चौलागाईँ निर्देशित सिनेमामा समुन्द्र पण्डित, राजाराम पौडेल, सरोज खनाल, रुपा राना लगायतको पनि मुख्य भूमिका रहेको छ ।