‘कथा काठमाडौँ” स्वार्थ, बाध्यता र इमान्दारिता – संजोग कोइराला

‘कथा काठमाडौँ” स्वार्थ, बाध्यता र इमान्दारिता – संजोग कोइराला

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – झण्डै २ वर्षपछि सिनेमाको पर्दामा देखिँएका  छन् संजोग कोइराला । सुक्रबार बाट  हलमा चलिरहेको फिल्म “कथा काठमाडौँ” का ती उपकथामध्ये एउटा कथामा कोइरालाको अभिनय छ । डेब्यु सिनेमाले खासै सफलता नपाए पनि उनलाई दर्शकमाझ राम्रो परिचय दियो । अभिनयभन्दा व्यवसायमा बढी सक्रिय कोइराला प्रदर्शनरत सिनेमा “कथा काठमाडौँ” मा कलेज पढने  युवकको भूमिकामा देखिएका छन् ।जब “कथा काठमाडौं” को पहिलो गीत सार्वजनिक भयो, त्यसपछि गीतको भन्दा बढी चर्चा प्रियंका कार्की र प्रमोद अग्रहरीले दिएको हट सिनको चर्चा भयो । पूरै गीत नै ओझेलमा पर्‍यो । मिडियादेखि सोसल मिडियासम्म गीतको त्यही १७ सेकेण्डको दृश्यको विरोध भयो, तर अरु कुराको ख्याल नै गरिएन संजोग सुनाउँछन्, पहिले ट्रेलर आएको भए प्रियंका कार्कीको भूमिका दर्शकले बुझ्नुहुन्थ्यो, पहिले गीत आइदियो, गीत विवादमा आयो । उनका अनुसार पहिले प्रियंकालाई गाली गर्नेले नै ट्रेलर आएपछि राम्रो प्रतिक्रिया दिएका छन् ।सिनेमामा आफ्नो भूमिका एउटा सोझो युवकको भएको संजोग बताउँछन् । सिनेमामा आफू धेरै नबोल्ने, नबोलेरै आफ्ना अभिव्यक्ति प्रस्तुत गर्न खोज्ने, त्यस्तो पात्र, जो हुँदा या नहुँदा कुनै फरक पर्दैन । तर सिनेमामा उनको प्रस्तुतिले चाहिँ पात्र हुनुको महत्त्व दर्शाउने उनी बताउँछन् । सिनेमामा एउटा पार्टको मात्र चर्चा भयो, महत्त्वपूर्ण भूमिकाको त चर्चा नै भएन, सबैभन्दा स्वीट भूमिका त आयुष्मान र प्रेक्षाको छ, तर खै त चर्चा भएको ?” उनी अगाडि थप्छन्, एउटा मान्छे मर्ने पक्का भइसकेपछि कसरी बाँच्ला ? जीवनसँग जोडिएको विषय पनि छ यो उपकथा ।

तीन फरक कथा भए पनि तीनै कथाको एकअर्कासँग सम्बन्ध छ । स्वार्थ, बाध्यता, इमान्दारिता जस्ता विविध आयामलाई सिनेमाले प्रस्तुत गर्न खोजेको संजोग बताउँछन् । भन्छन्, “सिनेमालाई एडल्ट भनेर पनि भनियो, सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ, सबै परिवारले हेर्नुपर्ने सिनेमा छ, मनोरञ्जनसँगै शिक्षा पनि छ सिनेमामा ।