‘राधा २’मा प्रियंकाको जोडी आयुष्मान फाइनल

‘राधा २’मा प्रियंकाको जोडी आयुष्मान फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – योगेश घिमिरेको निर्देशनमा निर्माण हुने सिनेमा हो ‘राधा २’ । यो सिनेमाको लिड रोलमा नायिका प्रियंका कार्कीलाई समय पहिले फाइनल गरिएको थियो । ‘राधा २’मा नायक आयुष्मान देशराज जोशीले प्रियंकासँग रोमान्स गर्ने फाइनल गरिएको छ । निर्माण टिमका अनुसार आयुष्मानसँग मौखिक सहमती भैसकेको छ । भने केही दिनमा लिखित रुपमा आयुष्मानले सिनेमा साइन गर्ने श्रोतले जनाएको छ ।

महिला केन्द्रित लभस्टोरी सिनेमा ‘राधा २’मा दुई नायक रहनेछन् । दुई नायकमा एक आयुष्मान देशराज जोशी फाइनल भए पनि एक नायकको खोजी भैरहेको निर्माण टिमले बताएको छ । सिनेमामा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत रहनेछ । प्रदिप भारद्धाजले सिनेमाको कथा लेखेका हुन् । संजय न्यौपानेले यो सिनेमा को निर्माण गर्दैछन् ।