विशेष शोमा रुचाइयो ‘कथा काठमाण्डु’, सिनेमाकर्मीले गरे निर्देशकको तारिफ

विशेष शोमा रुचाइयो ‘कथा काठमाण्डु’, सिनेमाकर्मीले गरे निर्देशकको तारिफ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘कथा काठमान्डौ’ लाई विशेष शो मा रुचाइएको छ । राजधानी स्थित कुमारी हलमा आइतवार साँझ गरिएको विशेष शोमा सिनेमा हेरिसके पछि सेलिब्रेटीले यसको कथावस्तु र निर्देशनसँगै कलाकारको अभिनयको प्रसंसा गरेका छन् ।सिनेमा हेर्नको लागि पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ , निर्माता संघका अध्यक्ष आकाश अधिकारी , माधव वाग्ले , निर्देशक नविन सुब्बा , अशोक शर्मा , प्रदीप भट्टराई , दिपेन्द्र के खनाल , साम्तेन भुटिया , दिपेन्द्र लामा लगायत उपस्थित थिए । कलाकार तर्फ खगेन्द्र लामिछाने , दीपकराज गिरी , केदार घिमिरे , निर्मल शर्मा , जितु नेपाल , प्रशान्त ताम्राकार, पुजा शर्मा , बर्षा राउतसँगै कथा काठमान्डौ युनिटले सिनेमा हेरेका थिए ।

अहाना फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमालाई गायक विजय राईले निर्माण गरेका हुन् । यसमा प्रियंका कार्की , प्रमोद अग्रहरी , आयुष्मान देशराज जोशी , सन्जोग कोइराला , सन्ध्या केसी र पेक्षा अधिकारी लगायतको अभिनय रहेको छ । टेलिफिल्म निर्देशनमा चर्चा कमाएकी सञ्चारकर्मी संगीता श्रेष्ठले यसै सिनेमा मार्फत निर्देशनमा डेब्यु गरेकी छिन । उनले सिनेमामा काठमान्डौका भिन्न भिन्न तिन कथालाई देखाउने प्रयास गरेकी छिन् ।

सिनेमा निर्देशक प्रदीप भट्टराईले भने सिनेमा राम्रो बनेको छ । यो सिनेमा यतिबेला जे सुकै भए पनि आउदो केहि वर्ष पछि यो समयमा कथा काठमान्डौ बनेको थियो भनेर हामीले अवश्य सम्झिने छौ । समाजका यथार्थ चित्रणलाई पर्दामा चित्रण गर्ने प्रयास एकदमै राम्रो छ । सिनेमाले यो सहरको घटनाक्रमलाई देखाएको छ । यस किसिमको सब्जेक्टलाई रोज्ने संगीताजीको आटलाई हामीले मान्नु पर्छ ।

यता निर्देशक दीपेन्द के खनालले भने सिनेमाले हाम्रै वरपरको कथालाई भन्छ । यो एउटा सोच मात्र होइन , यथार्थ पनि हो । सिनेमा हेर्दै गर्दा काठमाण्डौका धेरै घरमा घटि रहेको घटनालाइ पनि सिम्बोलको रुपमा लिन सकिन्छ । सिनेमामा कलाकारको अभिनय जबर्जस्त छ । निर्देशकले कथालाई न्याय गरेकी छिन भने कलाकारले आफ्नो भूमिकालाई । एकै सिनेमामा तिन कथा , यो हाम्रो लागि केहि फरक र नौलो पनि हो । हामी कहाँ सिनेमा मेकिङमा भैरहेको परिवर्तनको यो एउटा उदाहरण हो ।

यस्तै मिस नेपाल सदिक्षा श्रेष्ठले लाइफ सबैको आ-आफ्नै हुन्छ , अनि संघर्ष पनि यहि नै हो कथा काठमान्डौ । सिनेमाले यथार्थलाइ देखाएको छ । हामी अरुको लाइफ पनि आफ्नै जस्तो होला भन्ने सोच्छौ तर यस्तो हुदैन । सिनेमा हामी हेरि रहदा केहि भावुक पनि बने भिन्न भिन्न कथालाई एउटै कथामा देख्न पाए । सिनेमा निकै राम्रो बनेको छ । यसको गीतकै कारणले मुल्याङ्कन भयो तर त्यो कथा अनुसार नै रहेछ , जसलाई निर्देशकले प्रस्ट्याउनु भएको छ । हामीले सिनेमाको निर्देशकीय क्षमता मात्र होइन कलाकारले गरेको अभिनय पनि खुलेर प्रसंसा गर्नु पर्छ ।

हाँस्यकलाकार जितु नेपालले सिनेमामा मनोरंजन मात्र छैन संदेश पनि छ । कहिँ हामी हास्छौ त कहि भावुक बन्छौ । यो एउटा प्रयोग पनि हो , तिन भिन्न भिन्न कथा । तर यो हाम्रै समाजको यथार्थ पनि हो । सिनेमाले केहि न केहि छाप पक्कै छोड्छ । रेगुलर सिनेमा भन्दा यो फरक छ । संगीताजी र सिनेमाका कलाकारको काम तारिफ योग्य छ ।

पुजा शर्माले सिनेमा राम्रो बनेको बताइन । जसरि गीतको कारणले चर्चामा आयो , गीतकै कारण यसलाई जुन सोचाइ बनाइएको थियो , त्यस्तो केहि छैन सिनेमामा । गीतमा देखिएका दृश्य सिनेमाको घटनाक्रम अनुसार आउदा सुहाउदो लाग्छ । त्यो अभिनयका लागि प्रियंकाजीलाई तारिफ गर्नु पर्छ । सिनेमा पारिवारिक छ , परिवारसँग हेर्दा हुन्छ । महिलाको समस्या र बाध्यतासँगै यसमा सहन क्षमतालाई पनि देखाइएको छ ।यता अर्की नायिका वर्षा राउतले सिनेमाका तीन ओटै कथा नै आफुलाई राम्रो लागेको बताइन । सबैको आआफ्नै घटनाक्रम छ । यस किसिमको सिनेमा हाम्रो लागि नयाँ हो , तर सुरुवात कसै नकसै मार्फत त हुनु पर्ने थियो पर्छ त्यो भयो , सिनेमा मलाइ राम्रो लाग्यो ।