सेन्सर बोर्डबाट ‘निर्जला’ले पायो पिजी सर्टिपिकेट

सेन्सर बोर्डबाट ‘निर्जला’ले पायो पिजी सर्टिपिकेट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – राजु गिरीले निर्देशन गरेको सिनेमा ‘निर्जला’ सेन्सर पास भएको छ । असोज १९ गते देखि देशव्यापी रुपमा रिलिजमा आउन लागेको सिनेमाले सेन्सरबाट पिजि प्रमाण पत्र पाएको छ । अब भने १६ वर्ष भन्दा मुनीको बालबालिकाले सिनेमा हेर्न अभिभावको साथमा जानु पर्ने हुन्छ।

वैदेशिक रोजगारीले समाजमा पारेको प्रभाव र वैदेशिक रोजगारीको लागी युवाहरु विदेश जादा नेपालमा युवाहरुको अभावमा आधारित सिनेमामा किशोर खतिवडा, शुभेच्छा थापा, राजकुमार थापा, निक शर्मा, रुमि भट्ट, स्याम राई, पल्पसा ढंगोल, सुरबिर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रकाश चन्द्र न्यौपानेले निर्माण गरेको सिनेमामा शिव ढकालको छायांकन तथा तारा थापा किम्भेको सम्पादन रहेको छ ।