‘जय भोल’ले एक सातामा लगानी सुरक्षित गरेको छ : अशोक शर्मा

‘जय भोल’ले एक सातामा लगानी सुरक्षित गरेको छ : अशोक शर्मा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – फुलपातीको दिनबाट अल नेपाल प्रदर्शनमा आएको सिनेमा ‘जय भोले’ ले आफ्नो लगानी सुरक्षित गर्न सफल भएको छ । निर्माता तथा निर्देशक अशोक शर्माका अनुसार फूलपातीदेखि प्रदर्शनमा आएको सिनेमाले एक सातामा आफ्नो लगानी उठाएको जानकारी दिए ।

निर्माता शर्माका अनुसार ‘जय भोले’ ले एक सातामा तीन करोड दुई लाख ७२ हजार दुई सय ४९ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो सँगै एक करोड पैतिस लाखमा बनेको जय भोलेले पहिलो सातमा लगानी सुरक्षित गर्न सफल भएको हो । ‘हामीले सार्वजनिक गरेको व्यापार पारदर्शी छ । पहिलो साताको कलेक्सनबाट सिनेमाको लगानी सुरक्षित भयो’, शर्माले भने ।

अशोक शर्माको निर्माण तथा निर्देशन रहेको ‘जय भोले’ मा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धि तामांग, जयनन्द लामा लगायत कलाकारहरुको अभिनय छ । सिनेमा अहिले दोस्रो हप्तामा पनि देशभरका मल्टिपेलेक्स तथा सिंगल हलमा उच्च शोका साथ प्रदर्शन भैरहेको छ ।