anmol jasita

रेखा र कमला स्टारर सिनेमा ‘मालिका’ अफिसियल पोष्टर रिलिज

रेखा र कमला स्टारर सिनेमा ‘मालिका’ अफिसियल पोष्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – सुपरस्टार अभिनेत्री रेखा थापाले निर्माण तथा निर्देशन गरेको सिनेमा ‘मालिका’को अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । कार्तिक १६ गतेबाट अल नेपाल रिलिज हुने सिनेमाको प्रदर्शनको एक साता मात्र बाँकी रहँदा पोष्टर रिलिज गरिएको हो । विभिन्न चार पोष्टरमा अभिनेत्री रेखा थापा र डेब्यु नायिका कमला वलीलाई फोकस गरिएको छ ।पोष्टरमा महिलाको लाचारता, महिला शक्ति र महिलाको साहस झल्किन्छ । पोस्टरमा रेखा थापा र कमला वलीको घोड सवार देखि लिएर महिलाको तागतलाई पोस्टरमा समावेश गरिएको छ । महिला हिंसा विरुद्ध आवाज उठाउने सिनेमाबाट जाजरकोटी कमला वली डेब्यु गर्दैछिन् ।सिनेमामा समावेश ‘हल्का माया के माया’ बोलको गीतलाई दर्शकले निकै रुचाएका छन् । यो गीतमा कलाकार देखि लिएर आम दर्शकले म्युजिकल्ली अर्थात टिकटकमा निकै भिडियो बनेका छन् । साथै सिनेमाको ट्रेलरमा समावेश दमदार डाइलगमा समेत म्युजिकल्ली टिकटकमा अभिनय गरेका छन् । त्यसैले म्युजिकल्ली र सामाजिक सञ्जालमा दर्शकबाट पाएको प्रतिक्रियाले महिला हिंसा विरुद्ध आवाज उठाउने सिनेमा मालिकाले उत्कृष्ट व्यापार गर्नेमा आशा निर्माण युनिटमा रहेको छ ।सरस्वती थापाको निर्माणमा बनेको सिनेमाका कार्यकारी निर्माता नर कार्की रहेका छन् । सिनेमाको कथा अभिनेत्री रेखा थापा र नर कार्कीले तयार पारेका हुन् ।