बाबुराम र हिसिलालाई मनपर्यो ‘जय भोले’

बाबुराम र हिसिलालाई मनपर्यो ‘जय भोले’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नयाँ शक्तिका पार्टी अध्यक्ष बाबुराम भट्टराई र उनकी धर्मपत्नी हिसिला यमीले दशैंको फुलपातीको दिनबाट प्रदर्शनमा आएको सिनेमा जय भोले हेरेका छन् । सिनेमा हेरेर हलबाट निस्कदै गर्दा उनले सुरुवातमा आफुलाई जय भोले प्रति धेरै अपेक्षा नभएता पनि हेर्दै जाँदा मन परेको बताए । सिनेमाले उठाएको धनी र गरिब परिवारका दुई युवाको मित्रताको कथा आफुलाई उत्कृष्ट लागेका उनको भनाई छ ।यस्तै बाबुरामकी धर्मपत्नी हिसिला यमीले पनि आफुलाई सिनेमाको कथा र मेकिङ निकै मन परेको बताइन् । उनले भनिन निर्माता तथा निर्देशक अशोक शर्माले एउटा राम्रो सिनेमा निर्माण गर्नु भएकोले सम्पुर्ण दर्शकलाई सिनेमा हर्न आग्रह गरिन । नेपाल जय भोले जस्तो टिपिकल गाँउले परिवेशको सिनेमा बन्नु पर्नेमा जोड दिइन । साथै नेपाली दर्शकले विदेशी सिनेमाबाट प्रभावित कथा भन्दा टिपिकल सिनेमा नै दर्शकले मन पराउन उनको बुझाई रहेको छ ।

निर्माता तथा निर्देशक अशोक शर्माले केहिदिन पहिले पत्रकार सम्मेलनको आयोजना गर्दै जय भोलेको लगानी पहिलो हप्तामै सेभ भएको जानकारी दिएका थिए । सफलताका साथ दोस्रो सातामा प्रदर्शन भैरहेको सिनेका हेर्ने दर्शकको चाप अहिले पनि हलमा राम्रो देखिएको छ । अभिनेता खगेन्द्र लामिछानेको लेखन रेहाको सिनेमामा उनका अलवा सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामाङ, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, लक्ष्मी गिरी, बसुन्धरा भुषाल किशोर भण्डारी लगायतका कलाकारको मुख्य रहेको छ ।