सिनेमा ‘दाल, भात, तरकारी’ को शुभ मुहूर्त

सिनेमा ‘दाल, भात, तरकारी’ को शुभ मुहूर्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं –सुदन केसीले निर्देशन गर्ने चलचित्र ‘दाल, भात, तरकारी’ को शुभ मुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा सिनेमाको विधिपूर्वक मुहूर्त गरियो ।

मुहूर्तमा सिनेमाका मुख्य कलाकारहरुको उपस्थिति थियो । पत्रकारसमेत उपस्थित मुहूर्त कार्यक्रममा हरिवंश आचार्य, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, पुष्प खड्का, निकिता पौडेल लगायत उपस्थित थिए । सिनेमाका निर्माता सुदन केसीले मसिंर १ गतेबाट फ्लोरमा जाने जानकारी समेत दिए ।

सिनेमाको कथा, पटकथा र संवाद हरिवंश आचार्यले लेखेका हुन् । यस्तै सिनेमामा किरण केसी प्रस्तुतकर्ताका रुपमा छन् । केसीले आफ्नो छोरा सुदनको निर्देशकीय क्षमताको तारिफ समेत गरेका थिए ।

सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, पुष्प खड्का, निरुता सिंह, अनुराग कुँवर, शिशिर वाङ्देल, आँचल शर्मा लगायतका कलाकारले अभिनय गर्नेछन् भने यो सिनेमा आगामी वर्ष वैशाख १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।