‘प्रसाद’को तेस्रो गीत नेपाल आइडलका विक्रम बराललाई उपहार !

‘प्रसाद’को तेस्रो गीत नेपाल आइडलका विक्रम बराललाई उपहार !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंसिर २१ गतेबाट प्रदर्शनमा आउने प्रतिक्षीत सिनेमा ‘प्रसाद’का तेस्रो गीत ‘नेपाल आइडल सिजन २’का प्रतिस्पर्धी विक्रम बरालले गाउँने भएका छन् । सिनेमामा समावेश दुई गीत ‘बनकी चरी’ र ‘लै लै…’ले दर्शकबाट उत्कष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले नयाँ गीत विक्रम बरालको स्वरमा रेर्कड गराउने भएको छ । सिनेमामा समावेश दुई गीत सार्वजनिक गरिसकेको निर्माण टिमले सिनेमामा तेस्रो गीत पनि रहेको शुक्रबार नेपाल आइडल सिजन दुई मार्फत जानकारी दिएको हो ।

‘प्रसाद’को गीत गाउने अवसर पाएका पोखराका विक्रम बराल ‘नेपाल आइडल सिजन २’को टप सातमा परेका छन् । विक्रमले गाउने गीतमा सुवास भुषालको संगीत तथय निर्देशक दिनेश राउतको शब्द रहने जानकारी दिएको छ । प्रसादमा समावेश ‘लै लै…’ बोलको गीतमा समेत सुवास भुषालको संगीत रहेको छ । जुन गीत अहिले दर्शक माझ निकै चर्चित बनेको छ ।

निर्माता सुवास थापाका अनुसार विक्रम बराललाई प्रोफेसनल गायक सरह पारिश्रमिक दिने सहमती भैसकेको जनाए । हाम्रो गीतमा मिल्दो स्वर विक्रमको रहेकाले पनि आफुले उनलाई ‘प्रसाद’को गीत उपहार स्वरुप दिएको बताए । प्रतिक्षीत सिनेमा ‘प्रसाद’ र ‘नेपाल आइडल’ले अहिले समन्वयमा काम गरिरहेका छन् ।

सुवास थापाको निर्माण रहेको सिनेमामा पत्रकार सुशील पौडेलको पटकथा तथा संवाद रहेका छ। सिनेमामा सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्धन्द्धले आपसी सम्बन्धमा ल्याउने असरको विषय देखाउन खोजिएको निर्देशक राउतले बताए। सिनेमामा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत लगायतका कलाकारको मुख्य भुमिका रहेको छ।