मंसिर २८ गते रिलिज हुने सिनेमा ‘डोली’को ट्रेलर रिलिज (भिडियो)

मंसिर २८ गते रिलिज हुने सिनेमा ‘डोली’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंसिर २८ गते रिलिज हुने सिनेमा ‘डोली’को ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक कथावस्तुमा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरमा माया, प्रेम, द्धन्द्व र हाँस्यरसलाई स्थान दिइएको छ । ‘डोली’मा राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको छ ।

सिनेमामा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, सानिया खान, संगीता नापित, अर्जुन गुरुङ, नविन रेग्मी, हिउँवाला गौतम, प्रिया रिजाल, किरया नेपाली, प्रशान्त भण्डारी, दामोदर खतिवडा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा किरण नेपालीको लगानी रहेको सिनेमामा सिडी बिजय अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत, जयराम थापाको छायाँकन, शंकर महर्जनको द्धन्द्व, श्रीकृष्ण परियारको कोरियोग्राफी, तारा थापा किम्भेको सम्पादन रहेको छ ।