फ्राईडे रिलिजः सिनेमा हलमा ‘ड्रिम गर्ल’ र ‘कोइला’ रिलिज

फ्राईडे रिलिजः सिनेमा हलमा ‘ड्रिम गर्ल’ र ‘कोइला’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुई नेपाली सिनेमाले आफ्नो प्रदर्शनको सुरुवात गरेका छन् । शुक्रबारबाट प्रदर्शनमा आएका दुई सिनेमा हुन् निर्देशक ऋषिराज आचार्यले निर्देशन गरेको सिनेमा ‘ड्रिम गर्ल’ र गजेन्द्र रञ्जीतले निर्देशन गरेको सिनेमा ‘कोइला’ । केहि हप्ता देखि नेपाली सिनेमा घरमा राम्रो सिनेमा प्रदर्शन नभइरहेको बेला आकाश श्रेष्ठ र आश्मा गिरी स्टारर सिनेमा  ‘ड्रिम गर्ल’ले राम्रो दर्शकको साथ पाउने आशा निर्माण टिममा रहेको छ ।

आरबि मुभिजको ब्यानरमा निर्माण भएको सिनेमामा अर्जुन शर्मा, रामेश्वर धिताल र निर्देशक ऋषिराज आचार्यको लगानी रहेको छ । यो सिनेमाको सह निर्मातामा साउथ इन्डियन सिनेमा निर्माण कम्पनी रिल एण्ड रियल सिनेमाले पनि सहकार्य गरेको छ ।

सिनेमामा आकाश श्रेष्ठ र आश्मा गिरीका अलवा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, पुजा पराजुली, शिशिर भण्डारी, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतका कलाकारमो मुख्य भुमिका रहेको छ ।

योसँगै आज शुक्रबारदेखि नै बिना प्रचार प्रासार ‘कोइला’ नामक सिनेमा पनि रिलिज भएको छ । यो सिनेमा प्रज्वल गिरी, सोनिया गिरी, ममता खड्का, धुर्ब कोईराला, रामचन्द्र अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।