‘प्रसाद’को नेपालसँगै विदेशमा समेत उच्च माग !

‘प्रसाद’को नेपालसँगै विदेशमा समेत उच्च माग !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंसिर २१ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘प्रसाद’ अहिले दर्शकमाझ निकै प्रतिक्षीत बनिरहेको छ । जसले गर्दा अहिले यो सिनेमाको नेपालमा मात्रै होइन विदेशमा समेत उच्च माग गरिएको सिनेमा बनेको छ । सुवास थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई दिनेश राउतले निर्देशन गरेका हुन् । रंग पत्रकार तथा समिक्षक सुशिल पौडेलको कथा लेखन रहेको छ ।

युरोप वितरणको अधिकार लिएका सुरज कार्की र मेला इभेण्ट प्लानरका अनुसार युरोपका ११ देशमा सिनेमा प्रसादको प्रदर्शन कन्फर्म भइसकेको छ । उनका अनुसार ११ देशमा २० शो बुक भइसकेको र अन्य देशबाट पनि सिनेमाको माग बढीरहेको छ । डेनमार्क, पोल्याण्ड, माल्टा, जर्मनी, फिनल्याण्ड, अष्ट्रीया, पोर्चुगल, बेल्जियम, नर्वेलगायतका देशमा प्रदर्शन कन्फर्म भएको प्रसादको पहिलो युरोप शो डिसेम्बर १४ मा फिनल्याण्डमा हुनेछ । माल्टा, फिनल्याण्ड, अष्ट्रीया र पोर्चुगलमा मेला इभेण्ट प्लानरले सिनेमाको वितरण गरेको हो ।

एक दर्जन बढी सिनेमाको युरोप वितरकका रुपमा काम गरेका कार्कीका अनुसार ‘छक्का पञ्जा ३’ पछिको हाई डिमाण्डेड मुभी ‘प्रसाद’ हो । यसअघि ‘छक्का पञ्जा ३’ले युरोपमा अहिले सम्मकै उच्च ३० शो पाएको थियो । युरोपका अन्य देशबाट ‘प्रसाद’को माग बढीरहेको भन्दै उनले ‘छक्का पञ्जा ३’ कै हाराहारीमा सिनेमाको शो हुने बताएका छन् ।
यता अष्ट्रेलियामा सेम डे सिनेमा प्रदर्शनको तयारी भएको छ । अष्ट्रेलिया प्रदर्शनको अधिकार लिएको गोर्खे इन्टरटेनमेण्टका नविन मानन्धरका अनुसार ७, ८, ९ र १० डिसेम्बरमा सिनेमा ‘प्रसाद’ अष्ट्रेलियामा प्रदर्शन हुनेछ । अष्ट्रेलियामा पनि सिनेमाको माग उच्च भएकोले सेम डे प्रदर्शनको तयारी थालेको बताइएको छ । अष्ट्रेलियाका विभिन्न शहरहरुमा सिनेमा प्रदर्शन हुनेछ ।
यता युके, जापान नर्वे र हङकङलगायतका देशमा पनि सिनेमा प्रसादको माग उच्च देखिएको सम्वन्धित देशका वितरकहरुले जनाएका छन् । उनीहरुका अनुसार सम्वन्धित देशमा चाँडै नै सिनेमाको प्रदर्शन मिति तय हुनेछ ।

सिनेमाममा विपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ, बसुन्धरा भुषाललगायतका कलाकारको अभिनय रहेको छ । ‘प्रसाद’लाई सुभाष थापाले निर्माण गरेका हुन । सिनेमामा राजेश श्रेष्ठको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन, हिमाल केसीको द्वन्द्व रहेको छ ।