‘पासवर्ड’को गीतमा सन्नी लियोनको ठुम्का (फाटो फिचर)

‘पासवर्ड’को गीतमा सन्नी लियोनको ठुम्का (फाटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नी लियोनले पहिलो पटक नेपाली सिनेमाको गीतमा नृत्य गरेकी छन् । सम्पुर्ण छायाँकन लण्डनमा गरिएको सिनेमा ‘पासवर्ड’को एक गीतमा उनले नृत्य गरेकी हुन् । निर्माण टिमका अनुसार सिनेमाको उक्त गीतको छायाँकनमा मात्रै करिब ५ करोड नेपाली रुपैयाँ खर्च भएको छ ।सिनेमामा समावेश हुने ‘सन्नि हो नाम मेरो…’ बोलको गीतमा उनले आइटम डान्स पस्कँदा उनलाई बलिउडका भेट्रान कोरियोग्राफर विष्णु देभाले निर्देशन गरे । विष्णुदेभा उनै कोरियोग्राफर हुन् जसले सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका सिनेमाहरुमा नृत्य निर्देशन गरिसकेका छन्, कहलिएका स्टारलाई नचाएका छन् ।

अर्जुन पोखरेलले संगीत भरेको उक्त गीतको भिडियोमा नृत्य गर्न सन्नि ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् । नेपाली सिनेमामा हालसम्मकै सर्वाधिक बजेटमा निर्माण गरिएको उक्त गीतमा सन्निलाई २ सय बढि डान्सरले साथ दिएका छन् । भारत र बेलायतका नृत्याङ्गनाहरु गीतमा सन्निसँगै फिचर छन् । भिडियो छायाँकनका केहि अचल दृश्यहरु निर्माण टिमले सार्वजनिक गरेको छ ।

सिनेमाका निर्देशक सम्राट बस्नेतले ‘पासवर्ड’को कथा र स्कृनप्लेले गरेको माग अनुसार नै आफ्नो सिनेमामा सन्निलाई नृत्य गर्न भारतबाट लण्डन झिकाएको बताए । २ दर्जनबढि सिनेमामा द्वन्द्व निर्देशन गरेका सम्राटको लागी यो सिनेमा ठूलोपर्दाको डेब्यू निर्देशकिय फिल्म हुनेछ ।

एबी इन्टरनेशनलको ब्यानरमा बनेको सिनेमाको प्रदर्शन मिति तय भइसकेको छैन । यो सिनेमालाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको सिनेमामा सौरभ लामाको छायाँकन छ भने बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायत लिड अभिनयमा छन् ।