बसन्तीको ‘कपुरी क’ सेन्सर पास

बसन्तीको ‘कपुरी क’ सेन्सर पास

द सिनेमा टाइम्स
14
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘कपुरी क’ सेन्सर पास भएको छ । सिनेमा यसै वर्ष भित्र देश तथा विदेशमा प्रदर्शन गर्ने लक्ष्य रहेको निर्माण टिमले जनाएको छ । गुञ्जन एण्ड कुसुम फिल्मस् र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमालाई सेन्सर बोर्डले पिजी सर्टिपिकेट उपलब्ध गराएको छ । अब यो सिनेमा १६ वर्ष मुनिका दर्शकले अभिभावकका साथमा हेर्नु पर्ने छ ।

सिनेमा ‘कपुरी क’मा डेब्यु कलाकार प्रकाश तिवारी, सिजल उप्रती, बसन्ती भाटका साथै चेतबहादुर सिंह राजा, सद्दाम हुसेन, सोनु राई, रिवाज बिसुराल, बुद्धिसागर खनाल, सोनिका बास्तोला, राजेश बिसुराल, सबिन बास्तोला लयागतका कलाकारको मुख्य भुमिका रहेको छ । सामाजिक तथा पुर्ण मनोरञ्जनात्मक कथामा निर्माण भएको सिनेमालाई सबिन बास्तोला (गिरधारी)को निर्देशन रहेको छ ।

धर्मराज पोखरेल कार्यकारी निर्माता रहेको सिनेमामा सुलोचना दवाडी निर्माता तथा टंकनाथ पौडेल, राजेश बिसुराल, बुद्धिसागर खनाल, देबेन्द्र सुवेदी र देव शाही ठकुरीको सह निर्माताको रुपमा रहेका छन् । सिनेमामा खेम थापामगरको छायाँकन, एकनारायण भण्डारीको संगीत, सन्तकुमार थापामगरको कोरियोग्राफी रहेको छ ।