रोकियो ‘जात्रै जात्रा’, उक्त डेटमा प्रदर्शन हुने भयो ‘दि ब्रेकअप’

रोकियो ‘जात्रै जात्रा’, उक्त डेटमा प्रदर्शन हुने भयो ‘दि ब्रेकअप’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आशिरमान देशराज जोशी र डेब्यु अभिनेत्री शिल्पा मास्के स्टारर सिनेमा ‘दि ब्रेकअप’को रिलिज डेट पोस्टपोन्ड गरिएको छ । यसअघि पौष २७ गते रिलिज हुने तयारीमा रहेको सिनेमा अब फाल्गुन १७ गतेबाट अलनेपाल रिलिज हुने भएको छ । यो डेटमा पहिल्यै नै सुपरस्टार अभिनेता अनमोल केसीको नयाँ सिनेमा ‘क्याप्टेन’ र विपिक कार्कीको ‘जात्रै जात्रा’ प्रदर्शनमा आउने तय गरिएको थियो ।

‘जात्रै जात्रा’को छायाँकन सुरु भएको केही समय पश्चात सिनेमाका मुख्यपात्र विपिन कार्की दुर्घटनामा परे पश्चात यो सिनेमाको छायाँकन रोकीएको छ । जसले गर्दा पनि अब उक्त डेटमा ‘जात्रै जात्रा’ प्रदर्शन नहुने पक्का भएकाले पनि उक्त डेटमा ‘दि ब्रेकअप’ले अफ्नो पौष २७ को प्रदर्शन मितीलाई फाल्गुन १७ लाई तय गरिएको हो । अब यो मितीमा सुपरस्टार अभिनेता अनमोल केसी र उनलाई नेपाली सिनेमामा डेब्यु गराउने निर्देशक हेमराज बिसीको सिनेमा एक आपसमा जुध्ने पक्का भएसँगै यो खबरले नेपली सिनेमा क्षेत्रमा तरङ्ग पैदा गरेको छ ।

‘दि ब्रेकअप’मा आशिरसँगै शिल्पा मास्के, इच्छा कार्की, सरोज खनाल, रेमनदास श्रेष्ठलाई पनि लिड अभिनयमा छन् । निर्देशक बिसीसँगै रुपक थापा, दीपक खतिवडा र रेणु राणाले सिनेमालाई निर्माण गरेका हुन् । सुरेन्द्र पौडेलको सम्पादन रहेको सिनेमाको छायाँकन नरेन्द्र मैनालीले गरेका छन् । नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको यो सिनेमाको यसअघि रिलिज ‘आज हाम्रो’ र 
 ‘हरपल’ बोलका दुई गीत सार्वजनिक भैसकेका छन् ।