चैत्र ८ गते रिलिज हुने सिनेमा ‘कागजपत्र’को पोस्टर सार्वजनिक

चैत्र ८ गते रिलिज हुने सिनेमा ‘कागजपत्र’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौ – चैत्र ८ गतेलाई आफ्नो प्रदर्शन मिती तय गर्दै सिनेमा ‘कागजपत्र’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ४ पोस्टरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई स्थान दिइएको छ ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको सिनेमामा वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको सिनमामा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ । कागजपत्र सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक अपिल बिष्टले बताए ।

खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको कागजपत्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासिमिर डिक्शनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।