द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा ‘प्रेमदिवस’को प्रदर्शन मिती फाइनल गरिएको छ । प्रियंका कार्की, आयुष्मान देशराज जोशी र बिशाल खरेल स्टारर सिनेमा आगामी बैशाख १२ गतेबाट अलनेपाल प्रदर्शन हुने भएको छ । अमेरिकामा बस्दै आएका बिशालले यहि सिनेमाबाट नेपाली सिनेमा क्षेत्रमा डेब्यु गर्न लागेका हुन् ।

यो डेटमा यसअघि नै महसंचारको ब्यानरमा निर्माण भैरहेको सिनेमा ‘दाल भात तरकारी’ आउने पक्का भैसकेको थियो । ‘प्रेमदिवस’की मुख्य अभिनेत्री प्रियंका कार्कीले ‘दाल भात तरकारी’मा पनि अभिनय गरेकी छन् । त्यसैले पनि अब यो डेटमा प्रियंकाले अभिनय गरेका दुई सिनेमा एकै दिनमा प्रदर्शनमा आउने पक्का भएको छ ।

म्युजिकल लभस्टोरी कथामा निर्माण भएको सिनेमालाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । सञ्जय न्यौपानेको लगानी रहने सिनेमामा कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाज, बसन्त सापकोटा, करण सिंह कार्की, दीपक शर्मा र महाराज थापाको संगीत, मानकृष्ण महर्जनको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी, बनिष शाहको सम्पादन रहेको छ ।



प्रतिक्रिया