anmol jasita

जेष्ठ १० गते रिलिज हुने सिनेमा ‘दयारानी’को फस्टलुक पोस्टर सार्वजनिक

जेष्ठ १० गते रिलिज हुने सिनेमा ‘दयारानी’को फस्टलुक पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी नयाँ वर्ष २०७६ को जेष्ठ १० गतेलाई प्रर्दशन मिती फाइनल गरिएको सिनेमा ‘दयारानी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको मंगलबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको रिलिज डेट घोषणा गर्नुका साथै फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो । नायिका दीया पुनलाई शिर्ष भूमिकामा राख्दै सिनेमा ‘दयारानी’को निर्माण गरिएको छ । सिनेमामा नायक दयाहाङ राई, नायिका दीया पुन र कलाकार विजय बरालको मुख्य भूमिका छ ।

सिनेमालाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । सिनेमा आर्टस् र माओत्से फिल्मस्को ब्यानरमा यो सिनेमा निर्माण भएको हो । गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भनिने भएकाले सिनेमाको नाम राखिएको निर्देशक गुरुङले बताए । एउटा खराब श्रीमान् र उसकी श्रीमतिको कथामा सिनेमा बनेको छ ।

नायक दयाहाङ राइले सिनेमाको कथावस्तु पढेपछि आफू प्रभावित भएर सिनेमामा काम गरेको बताए । शैलेन्द्रध्वज कार्कीले सिनेमाको छायांकन गरेका हुन् । निर्देशक माओत्से गुरुङले नेपाली समाजको एउटा पात्रको कथालाई सुक्ष्म रुपमा उठान गरेको बताए । दर्शकले सिनेमा मन पराएको खण्डमा आफू सफल भएको ठान्ने उनले बताएका थिए ।