‘सयकडा दश’को अफिसियल पोस्टर सार्वजनिक

‘सयकडा दश’को अफिसियल पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ १८ गते रिलिज हुने सिनेमा ‘सयकडा दश’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । भ्रष्टाचार विरुद्ध सदाचार सन्देश बोकेको सिनेमा ‘सयकडा दश’को सार्वजनिक पोस्टरमा सिनेमाका सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ । रामशरण पाठकले निर्देशन गरेको सिनेमाले प्रेम र समाजमा आर्थिक भ्रष्टाचारले पर्ने असरको कथालाई चर्चा गर्ने निर्माण टिमको भनाई छ ।

हाँस्यअभिनेता मनोज गजुरेलले यही सिनेमाबाट नेपाली सिनेमामा डेब्यु गरेका छन् । सिनेमामा मनोज गजुरेलका अलवा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेको अभिनय रहेको सिनेमाको कथा स्वयम निर्देशक रामशरण पाठकले लेखेका हुन् ।

दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण भएको सिनेमामा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेको लगानी रहेको छ । घरमा रिलिज अगाडि सिनेमाले अंग्रेजी नयाँवर्ष २०१९ छेकोमा थाइल्यान्ड र म्यानमारदेखि प्रदर्शन थालनी गर्ने निर्माण टिमले जनाएको छ ।