दलित नेताहरुले हेरे ‘प्रसाद’, सिनेमा विवाद गर्नको लागी निर्माण भएको होइन !

दलित नेताहरुले हेरे ‘प्रसाद’, सिनेमा विवाद गर्नको लागी निर्माण भएको होइन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सफलताका साथ तेस्रो सातामा प्रदर्शन भैरहेको सिनेमा ‘प्रसाद’ नेकपाका दलित नेताहरुले हेरेका छन् । ‘प्रसाद’ हेर्न शनिबार काठमाडौंको सिभिल मलमा अवस्थीत क्युएफएक्स सिनेमा घरमा दलित नेताहरुले पुगेका थिए । दलित नेताहरु सिनेमा हेरेर हलबाट निस्कदै गर्दा प्रसादले दलित समुदायमाथि भएको उत्पीडन, जातीय विभेदलाई मौलिक र यर्थाथपरक ढंगबाट प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् ।

अन्तरजातीय विवाह गरेका जोडीहरु गाउँघरबाट विस्थाापित हुनुको पीडा अहिले पनि उस्तै रहेको नेकपा नेता तथा दलित मुक्ति मोर्चाका अध्यक्ष तिलक परियारले बताए । परियारले उच्च जातीय अंहकारबादी सोच अझै पनि समाजमा व्याप्त रहेको बताउँदै सिनेमा ‘प्रसाद’ले न्याययुक्त ढंगबाट दलितको कथालाई प्रस्तुत गरेको बताए । ‘यो सिनेमा समाजको यर्थाथ तस्बिर हो, जहाँ जातीय विभेदलाई राम्रो ढंगबाट प्रस्तुत गरेको छ । ’

समाजभित्र रहेको जातीय छुवाछूतको अवशेषलाई राम्रो भाषा शैली र कथाको माध्यमबाट प्रसाद सिनेमाले प्रस्तुत गरेको हुँदा कसैले मिथ्य ढंगबाट विरोध गर्नुपर्ने अवस्था नरहेको उनले दावी गरे । ‘यो सिनेमा विरोध गर्नका लागि बनेको सिनेमा होइन, दलित समुदायले सबैले हेर्नुपर्ने सिनेमा हो, प्रसाद । ’

सुवास थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई दिनेश राउतले निर्देशन गरेका हुन् । सिनेमाको कथा, पटकथा तथा संवाद रंगपत्रकार तथा समिक्षक सुशील पौडेलले लेखेका हुन् । सुवास थापाको लगानी रहेको सिनेमामा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । ‘प्रसाद’मा सुवास भुषालको संगीत, राजेश श्रेष्ठको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।