शुभमुर्हत गर्दै सिनेमा ‘कोपिला’ निमार्ण घोषणा

शुभमुर्हत गर्दै सिनेमा ‘कोपिला’ निमार्ण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘कोपिला’ नाममा नेपाली सिनेमा निर्माण हुने भएको छ । जुन सिनेमाको आइतबार चितवनको हाकिम चोकमा रहेको मालिका मन्दिरमा शुभसाइत गरिएको छ । कलाकार तथा निर्माता गणेश गिरी प्रस्तुतकर्ता रहेको सिनेमामा शिवम अधिकारीको लेखन तथा निर्देशन रहने छ । सिनेमाको शुभसाइतमा कलाकार सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलले मुर्हत सर्ट दिएका थिए ।

‘कोपिला’मा शिवमले यसअघि निर्माण तथा निर्देशन गरेको सिनेमा ‘पञ्चायत’ ‘मा जस्तै समाजमा घट्ने सत्य घटनामा आधारित रहेर निर्माण गर्न लागेको बताए । सिनेमालाई चितवनका यूवा व्यवसायी करुणकर घिमिरे र पत्रकार मणिराज गौतमले निर्माण गर्दैछन् । सुवासराज काफ्ले कार्यकारी निर्माता रहेको सिनेमामा समिर मिया, रामेश्वर मेनुका ढुंगाना सह–निर्माताको रुपमा छन् ।

सिनेमामा सरिता गिरी, गणेश गिरी, सन्जिवनी खरेल, ऋद्दिचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मित घिमिरे, अस्मिता जुरेली लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
सिनेमामा रामेश्वर कार्कीको छायांकन, समिर मियाको सम्पादन, दिपक शर्माको संगीत छ । चलचित्रलाई चितवनमा खिचिनेछ । ८० लाख लगानीमा सिनेमा निर्माण हुने निर्माणपक्षले बताएको छ ।