‘चौका दाउ’ पोस्टर रिलिज

‘चौका दाउ’ पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पौष २७ गतेबाट देशब्यापीका सिनेमा हलमा रिलिज हुने सिनेमा ‘चौका दाउ’को फस्ट लुक्सको रुपमा तीन ओटा पोष्टर रिलिज गरिएको छ । एक साता अघि रिलिज गरिएको ट्रेलरले राम्रो चर्चा पाएपछि निर्माण पक्षले आईतबार पोष्टर रिलिज गरेको हो ।

मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेको चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । सिनेमाको सार्वजनिक पोष्टरमा मुख्य कलाकारहरुलाई उनीहरुको चरित्रमा उतारिएको छ ।

‘चौका दाउ’का कथाकार एवम् बरिष्ट संगीतकार शम्भुजीत बासकोटा हुन् । साँढे चार दशकदेखि आफु सिनेमा एवम् संगीत क्षेत्रमा रहेको र यसलाई निरन्तरता दिन ‘चौका दाउ’ निर्माण गरेको उनले बताए । ‘चौका दाउ’ हास्यप्रधान सामाजिक प्रेमकथामा आधारित सिनेमा हो । सिनेमामा संगीतकार बास्कोटाकै कथा, संगीत तथा गायन रहेको छ ।

‘चौका दाउ’मा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुँगाना, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारीलगायतको अभिनय छ ।

अभिमन्यु निरवीको पटकथा तथा संबाद रहेको सिनेमाकोे छायाँकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्धन्द्ध निर्देशकमा रोशन श्रेष्ठ, नृत्य निर्देशकमा बसन्त श्रेष्ठ र भिमफेदी गाईज, गायनमा शम्भुजीत बासकोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ, रंग संयोजकमा भरत रेग्मी, निर्माण ब्यबस्थापकमा सुवास काफ्ले रहेका छन् ।